सोमबार, असार १, २०८३

प्रचण्डले दोहोर्‍याए तेस्रो पटक प्रधानमन्त्री बन्ने चाहना

'दुई दुई पटक प्रधानमन्त्री भएँ। अहिले पनि देशभर घुम्दा जनताले फेरि मलाई हेर्न खोज्या जस्तो, मलाई देख्न खोज्या जस्तो, मलाई छुन खोज्या, मलाई सुन्न खोज्या जस्तो देख्छु,' उनको जिकिर थियो।
 |  शुक्रबार, कात्तिक ११, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ११, २०७९

गोरखा- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुन: प्रधानमन्त्री बन्ने चाहना दोहोर्‍याएका छन्। गोरखा आरुघाटमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै आफूलाई प्रधानमन्त्रीका रूपमा जनताले देख्न चाहेको जिकिर गरेका हुन्। 

National life

'यसअघि दुई-दुई पटक प्रधानमन्त्री भएँ। अहिले पनि देशभर घुम्दा जनताले फेरि मलाई हेर्न खोज्या जस्तो, मलाई देख्न खोज्या जस्तो, मलाई छुन खोज्या, मलाई सुन्न खोज्या जस्तो देख्छु,' उनको जिकिर थियो। यसअघि पनि उनले पटकपटक आफू प्रधानमन्त्री बन्ने चाहना व्यक्त गर्दै आएका छन्।  

गोरखाका दुवै क्षेत्र आफ्ना लागि उतिकै महत्वपूर्ण भएको दाबी गरेका थिए। दुवै क्षेत्रको विकासमा आफ्नो पार्टीको भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे। 'घुम्दै फिर्दै फेरि म यही गोर्खा आइपुगेँ। गोरखाका जनतालाई सेवाको अवसर मलाई प्राप्त भएको ठानेको छु,' उनले भने। 

उम्मेदवारको मनोनयन गर्ने केही समयअघिसम्म आफू चितवन-३ बाट नै प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्ने दाबी गर्दै आएका प्रचण्डले अन्तिम समयमा भने गोरखा-२ बाट उम्मेदवारी दर्ता गराएका छन्। उनलाई गठबन्धनका ५ दलको समर्थन छ। चितवनमा आफ्नो पक्षमा परिणाम हासिल गर्न नसक्ने भयले प्रचण्ड गोरखाबाट उठेको भन्दै उनको आलोचना पनि भइरहेको छ। 

प्रकाशित: Oct 28, 2022| 19:25 शुक्रबार, कात्तिक ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...