आइतबार, साउन १७, २०८३

झापामा केपी र बीपीबीच जम्काभेट, ठट्यौलीसँगै आपसी घोचपेच

भेटमा शर्माले झापामा एमालेलाई गाह्रो परेकाले धाइरहनु भएको भन्दै व्यंग्य गरेका थिए। जवाफमा ओलीले भने ढुक्कै भएर काठमाडौं फर्कन लाग्नु भएको भन्दै अर्को व्यंग्य कसे।
 |  शुक्रबार, कात्तिक ११, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ११, २०७९

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माबीच झापाको भद्रपुरस्थित विमानस्थलमा जम्काभेट भएको छ। शुक्रबार झापाबाट काठमाडौं आउन लागेका शर्मा र ओलीबीच राजनीतिक विषयमा घोचपेचसमेत भएको छ। 

भेटमा शर्माले झापामा एमालेलाई गाह्रो परेकाले धाइरहनु भएको भन्दै व्यंग्य गरेका थिए। जवाफमा ओलीले भने ढुक्कै भएर काठमाडौं फर्कन लाग्नु भएको भन्दै अर्को व्यंग्य कसे।  

कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गर्दैछ। शर्मा घोषणापत्र मस्यौदा समितिका संयोजक हुन्। ओली पनि एमालेको घोषणापत्र मस्यौदा समितिका संयोजक हुन्। उनीहरू दुवै जना झापाबाटै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। शर्मा झापा-१ का कांग्रेस उम्मेदवार हुन् भने ओली झापा-५ मा एमाले उम्मेदवार छन्। 

उनीहरूबीच घोषणापत्रका विषयमा समेत टीकाटीप्पणी भएको थियो। पार्टीको घोषणापत्र शनिबार सार्वजनिक गर्न लागिएकाले काठमाडौं जान लागेको शर्माले ओलीलाई बताएका थिए। ओलीले कांग्रेस-एमाले दुवै दलका घोषणापत्र झापाकै नेताहरुले तयार पार्ने भएछन् भनेर ठट्टा गरेका थिए।

एमालेको घोषणापत्रका विषयमा शर्माले ओलीसँग सोधेका थिए। ओलीले १५ गते भनेपछि शर्माले कांग्रेसको भन्दा पछि आउने भएकाले एमालेलाई सजिलो हुने भन्दै ठट्टा गरेका थिए। तर ओलीले भने एमालेको घोषणापत्र प्रेसमा गइसकेको उल्लेख गर्दै कपी हुने सम्भावना नभएको जिकिर गरेका थिए। 

ई नेताबीच संसद विघटनबारे पनि कुराकानी भएको बताइएको छ। महामन्त्री शर्माले कुनै पनि दलले संसद विघटन नगर्ने प्रतिबद्धता गरे राम्रो हुने बताएका थिए। 


प्रकाशित: Oct 28, 2022| 18:59 शुक्रबार, कात्तिक ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...