सोमबार, असार १, २०८३

गठबन्धनकै दलबीच यी स्थानमा हुँदैछ भिडन्त

गठबन्धनमा सामेल भएपनि लोसपाले यसमा हस्ताक्षर गरेको छैन।
 |  शुक्रबार, कात्तिक ११, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ११, २०७९

काठमाडौं- सत्तारुढ पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूले प्रतिनिधि सभाका तीन स्थानमा गठबन्धनका दलबीच नै आपसी प्रतिस्पर्धा हुने भएको छ। धनुषा-२ मा कांग्रेस र नेकपा एस, सर्लाही-२ मा माओवादी र लोसपा र काठमाडौं-१० मा कांग्रेस र माओवादीबीच आपसी प्रतिस्पर्धा हुने भएको हो। 

National life

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले संयुक्ति विज्ञप्ति जारी गर्दै विवाद नमिलेका यीलगायत प्रदेशसभाका १२ स्थानमा मितवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेका हुन्।

'केही स्थानहरूमा मित्रवत प्रतिस्पर्धा गर्ने गरी तय गरिएको छ। ती स्थानमा एक आपसमा समान र सोहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको छ,' चार दलका नेतृत्वले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ। 

उनीहरूले विवाद भएका ५ स्थानमा छलफल गरी टुंगो लगाउने पनि निष्कर्ष निकालेका छन्। बाजुरा १चार शीर्ष नेताले जारी गरेको विज्ञप्तिमा विवाद नभएका स्थानमा भने गठबन्धनका उम्मेदवारलाई मत मागेका छन्। 

Shivam cement

गठबन्धनमा सामेल भएपनि लोसपाले यसमा हस्ताक्षर गरेको छैन। 

प्रतिनिधिसभा
धनुषा-२ – कांग्रेस र नेकपा एस
सर्लाही-२ – माओवादी र लोसपा
काठमाडौं-१० – कांग्रेस र माओवादी

प्रदेशसभा
सर्लाही १ (१) – माओवादी र लोसपा
महोत्तरी २ (२) – नेकपा एस र लोसपा
बारा १ (२) – कांग्रेस र नेकपा एस
पर्सा ३ (२) – कांग्रेस र नेकपा एस
काठमाडौं ३ (२) – कांग्रेस र नेकपा एस
काठमाडौं ५ (२) – कांग्रेस र नेकपा एस
काठमाडौंं १० (१) – कांग्रेस र माओवादी
काठमाडौं ६ (२) – कांग्रेस र माओवादी
बाँके २ (१) – कांग्रेस र नेकपा एस
बाँके २ (२) – कांग्रेस र माओवादी
कञ्चनपुर २ (२) – कांग्रेस र नेकपा एस
कञ्चनपुर ३ (१) – माओवादी र नेकपा एस

छलफल जारी
स्याङ्जा २ (१) – कांग्रेस र नेकपा एस
हुम्ला १ – माओवादी र नेकपा एस
सुर्खेत २ (१) – कांग्रेस र नेकपा एस
सुर्खेत २ (२) – माओवादी र नेकपा एस
बाजुरा १ – माओवादी र नेकपा एस

प्रकाशित: Oct 28, 2022| 16:31 शुक्रबार, कात्तिक ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...