सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन आयोगका पदाधिकारीले राजनीति कब्जा गर्ने भ्रष्ट सिन्डिकेटको गुलामी गरे : डा केसी

निर्वाचन आयोगका पदाधिकारीले राजनीति कब्जा गर्ने भ्रष्ट सिन्डिकेटको गुलामी गरे : डा केसी

डा केसीले निर्वाचन आयोगबाट प्रकट भएको धम्कीयुक्त चेतावनीको बेवास्ता गरी आम नागरिकको नागरिक तथा राजनीतिक अधिकारको रक्षाको खातिर उक्त विज्ञप्तिको अहिंसात्मक रूपमा अवज्ञा हुने चेतावनी दिएका छन्।
 |  बिहीबार, कात्तिक १०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १०, २०७९

काठमाडौं- चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा गोविन्द केसी ‘नो नट अगेन’ अभियानको पक्षमा उभिएका छन्। डा केसीले बिहीबार एक विज्ञप्ति जारी गर्दै शीर्ष नेताविरुद्ध 'नो नट अगेन' अभियान चलाए ५ वर्षसम्म कैद र एक लाखसम्म जरीवाना हुने चेतावनी निर्वाचन आयोगले दिएपछि त्यसको विपक्षमा अहिंसात्मक अवज्ञा  गर्ने चेतावनी दिएका हुन्। राष्ट्रिय राजनीतिलाई वर्षौंदेखि कब्जा गरी बसेको भ्रष्ट सिन्डिकेटको निरन्तरताका लागि निर्वाचन आयोगका पदाधिकारीले पदीय दुरुपयोग गरी गुलामी गरेको आरोपसमेत लगाएका छन्। 

National life

‘सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई फौजदारी कानुनको दुरुपयोग गरी कडा सजाय गर्ने गराउने स्पष्ट मनसाय प्रकट गरी निर्वाचन आयोगले यही कात्तिक ८ गते जारी गरेको विज्ञप्तिप्रति हामी गम्भीर खेद प्रकट गर्न चाहन्छौं। वर्तमान राष्ट्रिय राजनीतिलाई वर्षौंदेखि कब्जा गरी बसेको भ्रष्ट सिन्डिकेटको निरन्तरताका लागि निर्वाचन आयोगका पदाधिकारीहरूले पदीय दुरुपयोग गरी गुलामी गरेको स्पष्ट हुन्छ,’ डा केसीले भनेका छन्। 

आमनागरिकको विचार तथा अभिव्यक्तिको स्वतन्त्रतामा अंकुश लगाउन आयोग उद्यत रहेको र आत्मालोचनासहित विज्ञप्ति तत्काल फिर्ता लिन आग्रह गरेका छन्। डा केसीले निर्वाचन आयोगबाट प्रकट भएको धम्कीयुक्त चेतावनीको बेवास्ता गरी आम नागरिकको नागरिक तथा राजनीतिक अधिकारको रक्षाको खातिर उक्त विज्ञप्तिको अहिंसात्मक रूपमा अवज्ञा हुने चेतावनी दिएका छन्। 

यस्तो छ डा केसीको विज्ञप्ति

प्रकाशित: Oct 27, 2022| 19:54 बिहीबार, कात्तिक १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...