सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • आयोगलाई रावलको व्यंग्य : चुनावअघि नै शीर्ष नेतालाई विजयी घोषणा गरे कसो होला?

आयोगलाई रावलको व्यंग्य : चुनावअघि नै शीर्ष नेतालाई विजयी घोषणा गरे कसो होला?

‘कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले 'शीर्ष' ठानेका नेताहरूलाई अहिले नै 'विजयी' घोषणा गरिदिए कसो होला?
 |  बुधबार, कात्तिक ९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ९, २०७९

काठमाडौं- नेकपा एमालेका नेता डा भीमबहादुर रावलले निर्वाचनमा शीर्ष नेतालाई भोट नगरौं अभियानलाई कारबाही गर्ने निर्वाचन आयोगले दिएको चेतावनीप्रति आपत्ति जनाएका छन्। 'कसैलाई मतदान गरौं वा नगरौं' भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानिएका नेतालाई निर्वाचनअघि नै विजयी घोषणा गरिदिए कसो होला भनेर व्यंग्य गरेका हुन्। 

National life

मंगलबार साँझ निर्वाचन आयोगले विज्ञप्ति जारी गरी शीर्ष नेताविरुद्ध ‘नो नट अगेन’ अभियान चलाउनेलाई १ लाखसम्म जरीवाना र ५ वर्षसम्म कैद गर्न सक्ने चेतावनी दिएको थियो। आयोगको उक्त चेतावनी नेपालको संविधानको धारा १७ को विचार तथा अभिव्यक्ति स्वतन्त्रता र धारा १९ को सञ्चारको हकविरुद्धमा भएको रावलको टिप्पणी छ। 

‘कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले 'शीर्ष' ठानेका नेताहरूलाई अहिले नै 'विजयी' घोषणा गरिदिए कसो होला? आयोगको भनाई नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हक विरूद्ध छ,’ रावलले ट्विट गरेका छन्। 

चुनावमा प्रतिस्पर्धी उम्मेदवारविरुद्ध गालीगलौज र अपशब्दको प्रयोग रोक्ने कुरा उचित भएको तर अभिव्यक्ति स्वतन्त्रतामा नै अंकुश लगाउने काम उचित नभएको उनको टिप्पणी छ। 'संविधान प्रदत्त अभिव्यक्ति र सञ्चारको अधिकार हनन गर्ने कुरा निरंकुश र स्वेच्छाचारी हुन्छ। यो कुरा, को व्यक्ति हार्छ वा जित्छ भन्ने नभई संविधान मिच्दै मनपरीतन्त्र लोकतन्त्रमा मान्य हुन्न भन्ने गम्भीर विषय हो,' उनले भनेका छन्। 

प्रकाशित: Oct 26, 2022| 13:33 बुधबार, कात्तिक ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...