आइतबार, साउन १७, २०८३

विकास र समृद्धि मेरो एकमात्र एजेण्डा : ओनसरी घर्ती

नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले आफ्नो एकमात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताएकी छन्।
 |  बुधबार, कात्तिक ९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ९, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले आफ्नो एकमात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताएकी छन्।

बुधबार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसीजको २१औं शंखरापुर स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकास र समृद्धि बाहेक अरू कुनै एजेण्डा आफूहरूसँग नभएको बताएकी हुन्।

अझै पनि आफूहरूले चाहेजस्तो देश बनाउन नसकिएको उनको भनाइ थियो। उनले देशलाई क्रमशः समृद्ध बनाउँदै लग्नका लागि आफ्नो अग्रगामी भूमिका रहने बताइन्।

उनले भनिन्, ‘हामी आज तपाईंहरूको सामु आएका छौं। देशको समृद्धिकै लागि हो। अरू हामीसँग एजेण्डा केही पनि छैन। यो देशको विकास बाहेक अरू छैन। हामीले भनेको जस्तो देश भएको छैन होला तर हामी क्रमशः यो देशलाई समृद्ध बनाउँछौ भनेर हामीले भन्दै आएका छौं। विगतमा जे-जस्ता कामहरु भए, ती सम्पूर्ण कामहरूको हामी जिम्मेवारी लिन्छौं र अगाडि बढाउँछौ भनेर हामीले आफ्नो एजेण्डा तय गरेका छौं।' सांसदको सबभन्दा ठूलो काम जनताको कानुन बनाउने भएको उनले बताइन्। कसैको पनि हक नछिनिने गरेर सबैको हक, अधिकार ग्यारेन्टी हुने गरेर आफूले कानुन लेख्ने कुरामा सधैँ अग्रपंक्तिमा रहेको उनको भनाइ थियो।

सत्तारूढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहेकी नेता घर्तीले आफू निर्वाचित भएमा सबै पेशा, व्यवसायका मानिसहरुको हक अधिकारको सुनिश्चित हुनेगरी कानुन बनाउने पनि बताइन्।

प्रकाशित: Oct 26, 2022| 12:19 बुधबार, कात्तिक ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...