आइतबार, साउन १७, २०८३

निर्वाचन भयरहित हुनेमा शंका नगर्न प्रधानमन्त्री देउवाको आग्रह

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्रपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सबै प्रबन्ध मिलाएको प्रधानमन्त्रीको देउवाको दाबी।
 |  बुधबार, कात्तिक ९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ९, २०७९

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भयरहित हुने बताएका छन्।

बुधबार भक्तपुरमा आयोजित नेपाल संवत् ११४३ अवसरमा शुभकामना आदान–प्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री देउवाले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्रपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सबै प्रबन्ध मिलाएको दाबी गरे।

उनले नेपाल संवत धर्म–संस्कृति, इतिहास परम्परासँग अभिन्न रूपमा जोडिएकाले यसको जगेर्ना आवश्यक रहेकमा जोड दिए।

उनले नेपाल संवत्को प्रयोगलाई आगामी दिनमा बढाउँदै जानुपर्ने र यसको संस्कृति र महत्त्वलाई नागरिकमाझ थप उजागर गर्न आवश्यक रहेको बताए।

प्रधानमन्त्री देउवाले व्यक्तिभन्दा सामाजिक भूमिका र राष्ट्रिय हितलाई आत्मसात् गरी अघि बढ्न सक्नुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा प्रधानमन्त्री देउवाले शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका थिए।

प्रकाशित: Oct 26, 2022| 12:00 बुधबार, कात्तिक ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...