आइतबार, साउन १७, २०८३

दार्चुलाबाट एमालेको पहिलो चुनावीसभा

चुच्चे नक्सा समेटिएको ठाउँबाट ओलीले देशव्यापी चुनावी अभियान सुरु गर्नेछन्।
 |  मंगलबार, कात्तिक ८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ८, २०७९

काठमाडौं– नेकपा एमालेले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट चुनावी अभियान सुरु गर्ने भएको छ।

एमाले अध्यक्ष केपी ओली राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्न १८ कात्तिकमा दार्चुला जाने भएका हुन्।

आफू प्रधानमन्त्री हुँदा चुच्चे नक्सा समेटिएको ठाउँबाट चुनावी अभियान थाल्नुले अतिक्रमित भूमि फिर्ता गराएको एजेन्डालाई चुनावी मिसन बनाउने एमालेले संकेत देखाएको छ।

‘एमाले सरकारकै पालामा भारतले कब्जा गरेको भूमि नेपाली नक्सामा राखिएको थियो’ एमाले प्रदेश सचिव धर्म पाठकले भने, ‘त्यो भूमि नक्सामा राखेर मात्र हुँदैन, नेपालाई फिर्ता गर्नुपर्छ।’

पाठकका अनुसार एमालेले आगामी निर्वाचनमा अतिक्रमित भूमि फिर्ता गर्न चुनावी अभियानमा यस विषयलाई सशक्त रूपमा उठाउनेछ।

‘भारतद्वारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपाली क्षेत्र हो भन्ने कुरा पुष्टि भइसकेको छ,’ उनले भने, ‘अब एमालेको सरकार बनेपछि त्यो भूमि फिर्ता ल्याउने गरी लाग्छौं।’

दार्चुला सदरमुकाम खलंगामा १८ कात्तिम बिहान ११ बजे आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन्। सोही दिन दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा पनि ओलीले चुनावी अभियान उद्घाटन गर्ने कार्यक्रम रहेको छ।


प्रकाशित: Oct 25, 2022| 13:30 मंगलबार, कात्तिक ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...