आइतबार, साउन १७, २०८३

कांग्रेसले गठन गर्‍यो प्रचार–प्रसार उपसमिति

कांग्रेसले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ५० जना सदस्यलाई उक्त समितिमा मनोनीत गरेकोे हो।
 |  मंगलबार, कात्तिक ८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ८, २०७९

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसले निर्वाचन लक्षित जिल्ला सम्पर्क समिति समन्वय तथा प्रचार–प्रसार उपसमिति गठन गरेको छ। कांग्रेसले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ५० जना सदस्यलाई उक्त समितिमा मनोनीत गरेकोे हो।  

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ केन्द्रीय प्रचार–प्रसार समिति संयोजक एवं पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले उपसमितिमा ५० सदस्य मनोनीत गरेका हुन्।

केन्द्रीय प्रचार–प्रसार समिति सदस्य जीतजंग बस्नेतको संयोजकत्वमा गठित कांग्रेस प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन जिल्ला सम्पर्क समिति समन्वय तथा प्रचार–प्रसार उपसमितिमा ५० सदस्य मनोनयन गरिएको मुख्यसचिव कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिमा बताइएको छ।

प्रकाशित: Oct 25, 2022| 10:59 मंगलबार, कात्तिक ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...