आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • आचारसंहिता पालना गर्न सात वटै मुख्यमन्त्री कार्यालयलाई आयोगको निर्देशन

आचारसंहिता पालना गर्न सात वटै मुख्यमन्त्री कार्यालयलाई आयोगको निर्देशन

निर्वाचन आयोगले सात वटै प्रदेशका मुख्यमन्त्री कार्यालयलाई निर्वाचन आचारसंहिता पालना गर्न निर्देशन दिएको छ।
 |  मंगलबार, कात्तिक ८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ८, २०७९

काठमाडौं- निर्वाचन आयोगले सात वटै प्रदेशका मुख्यमन्त्री कार्यालयलाई निर्वाचन आचारसंहिता पालना गर्न निर्देशन दिएको छ।  

निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (क) ले नेपाल सरकार, प्रदेश सरकार, नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले गर्ने निर्वाचन प्रचार प्रसारलाई व्यवस्थित गरेको तथा सोही दफाको खण्ड (क १) ले त्यसरी प्रचारप्रसार गर्दा समेत सरकारी स्रोत साधनको प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ।

मन्त्री लगायतका पदाधिकारीले निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्यका लागि हेलिकप्टर लगायत सरकारी स्रोतसाधनको प्रयोग गर्ने गरेको खबर सार्वजनिक भइरहेका बेला आयोगले प्रदेश मुख्यमन्त्री कार्यालयलाई चुनाव प्रचारमा सरकारी स्रोतसाधनको प्रयोग हुन नदिन भनेको हो।

प्रकाशित: Oct 25, 2022| 08:15 मंगलबार, कात्तिक ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...