सोमबार, असार १, २०८३

मलाई प्रधानमन्त्री बनाउन गठबन्धन भएको होइन : देउवा

'गठबन्धनका साथीहरूले एक भएर लागेर जिताउनुपर्छ। गठबन्धनले जित्नुपर्छ।'
 |  सोमबार, कात्तिक ७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ७, २०७९

काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बनाउन गठबन्धन नभएको दाबी गरेका छन्। गठबन्धन हिजो, आज र भोलिको आवश्यकता भएको बताएका उनले लहडले गठबन्धन नबनेको जिकिर गरेका थिए। 

National life

'यो आवश्यकताले बनेको गठबन्धन हो। लहडले बनेको गठबन्धन होइन। शेरबहादुरलाई प्रधानमन्त्री बनाउन बनेको गठबन्धन होइन,' बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई काठमाडौंमा सोमबार आयोजित भेलालाई सम्बोधन गर्दै देउवाले भने, 'गठबन्धन अपरिहार्य थियो, छ र भोलि पनि रहनेछ।'

गठबन्धनको र एकताको संस्कृति नेपाली राजनीतिमा रहेको उनको भनाइ थियो। नेपालको व्यवस्थाले पनि गठबन्धन गर्नुपर्ने भएको उनको भनाइ छ। गठबन्धन भएको अवस्थामा टिकट पाए चुनाव जितिन्छ ठान्दा विवाद भएपनि अब मिलेर अघि बढ्नुपर्ने उनको धारणा थियो। 

'गठबन्धन बनेको छ, चुनाव जितिहालिन्छ भन्ने भएर सबैलाई टिकट चाहिएको छ,' उनले चुनावका बेला पार्टीहरू संक्रमणकालबाट गुज्रिएको हुने भएकाले एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दै भने, 'गठबन्धनका साथीहरूले एक भएर लागेर जिताउनुपर्छ। गठबन्धनले जित्नुपर्छ।'


प्रकाशित: Oct 24, 2022| 18:55 सोमबार, कात्तिक ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...