सोमबार, असार १, २०८३

ओलीसँग मिलेर ज्ञानी भइसकेँ, अब गल्ती दोहोर्‍याउदिनँ : प्रचण्ड

ओलीसँग मिलेर आफू ज्ञानी भइसकेकाले अब फेरि कांग्रेससँगको गठबन्धन भत्काएर गल्ती नदोहोर्‍याउने समेत उनले प्रतिबद्धता गरेका छन्।
 |  सोमबार, कात्तिक ७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ७, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर आफूलाई ज्ञान प्राप्त भएको बताएका छन्। ओलीसँग मिलेर आफू ज्ञानी भइसकेकाले अब फेरि कांग्रेससँगको गठबन्धन भत्काएर गल्ती नदोहोर्‍याउने समेत उनले प्रतिबद्धता गरेका छन्। 

National life

गठबन्धनमा रहेका दलहरुको बागमती प्रदेश स्तरीय संयुक्त भेलालाई राष्ट्रिय सभागृह काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो जिकिर गरेका हुन्। 'केपी (ओली)सँग मिलेर ज्ञान प्राप्त गरेर आइसकेँ, ज्ञानी भइसकेपछि फेरि त्यही गल्ती दोहोर्‍याउँदिनँ,' प्रचण्डको प्रतिबद्धता छ, 'मैले भन्ने गरेको छु। यो देशमा प्रतिगमन, प्रतिक्रान्ति, संविधान मिच्ने, लोकतन्त्र मिच्ने महिला, मुस्लिम, जनजाति थारूले पाएको अधिकार खोस्नेहरुका विरुद्ध लडाईं जबसम्म रहन्छ, तबसम्म यो गठबन्धन रहन्छ।'

विगतमा जस्तै कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग गठबन्धन गर्न नजाने उनको भनाइ थियो। प्रचण्डले शान्ति सम्झौता गरेर नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले हँसियाहथौडा (माओवादीको चुनाव चिह्न)मा भोट हालेकाले अब माओवादीका कार्यकर्ताले पनि रुख (कांग्रेसको चुनाव चिह्न) र कलम (नेकपा एसको चुनाव चिह्न)मा भोट हाल्नुपर्ने र कांग्रेसका कार्यकर्ताले पनि हसियाहथौडा र कलममा भोट हाल्नुपर्ने उनको भनाइ थियो। 

२०७४ को स्थानीय चुनावमा कांग्रेससँग गठबन्धन गरेको माओवादीले सोही वर्ष भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भने एमालेसँग गठबन्धन गरी पछि एमालेसँगै पार्टी एकीकरण गरी नेकपा नामक दलको बनाइएको थियो। तर ओली र प्रचण्डबीच खटपट भइरहेका बेला सर्वोच्च अदालतले २०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा नामको आधिकारिकता ऋषि कट्टेल नेतृत्वको दललाई दिँदै एमाले र माओवादीलाई एकतापूर्वको अवस्थामा फर्काइदिएको थियो। 

प्रकाशित: Oct 24, 2022| 15:54 सोमबार, कात्तिक ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...