आइतबार, साउन १७, २०८३

सर्वसाधारणलाई ४ मंसिरपछि बालुवाटार भेट्न आउन ओलीको फोन

अध्यक्षसँग फोन संवाद गर्न चाहने २ लाख बढीमध्ये केहीसँग गरेका कुराकानीको भिडिओ ओलीको सचिवालयले सार्वजनिक गरेको हो।
 |  सोमबार, कात्तिक ७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ७, २०७९

काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले सर्वसाधारणसँग गरेको टेलिफोन संवादको भिडिओ सचिवालयले सार्वजनिक गरेको छ। अध्यक्षसँग फोन संवाद गर्न चाहने २ लाख बढीमध्ये केहीसँग गरेका कुराकानीको भिडिओ ओलीको सचिवालयले सार्वजनिक गरेको हो।

पछिल्लो पटक एक सर्वसाधारण सुशील गौतमसँग भएको टेलिफोन संवाद सार्वजनिक गरिएको छ। टेलिफोन संवादका क्रममा गौतमले ओलीसँग भेट्न चाहेका छन्। उनले सोधेका छन्, ‘तपाईंलाई कहाँ भेट्न सकिन्छ?।’ ओलीले भनेका छन्, ‘केन्द्रीय कार्यालय आए हुन्छ, बालकोट आए भेट हुन्छ।’

त्यसपछि गौतमले पुनः सोधेका छन्, ‘बालुवाटारमा आउँदा भेट्न सकिएला?’ ओलीले जवाफ दिएका छन्, ‘त्यहा अलि पछि (४ मंसिरपछि) आए हुन्छ।’ ओलीले ४ मंसिर ४ को चुनावलाई लक्षित गरी अरु दलभन्दा फरक प्रचार रणनीतिसहित सर्वसाधारणसँग संवाद गरिरहेका छन्।

प्रकाशित: Oct 24, 2022| 15:33 सोमबार, कात्तिक ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...