सोमबार, असार १, २०८३

मलाई प्रधानमन्त्री बनाउन अहिलेको गठबन्धन बनेको होइन : देउवा

लोकतन्त्र र समावेशिता रक्षा गर्न अहिलेको गठबन्धन बनेको देउवाको दाबी।
 |  सोमबार, कात्तिक ७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ७, २०७९
National life
Shivam cement

काठमाडौं– कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ पाँच दलीय गठबन्धन चुनावपछि आफूलाई प्रधानमन्त्री बनाउन नबनेको दाबी गरेका छन्। सोमबार सत्ता गठबन्धनले ाठमाडौंमा आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्। 

उनले भने, ‘यो गठबन्धन शेरबहादुरलाई प्रधानमन्त्री बनाउन भएको होइन। मुलुकको आवश्यकता हो। यसको अपरिहार्य हिजो पनि थियो र रहिरहनेछ।’ देउवाले आउँदा दिनमा पनि गठबन्धनलाई समर्थन र साथ दिएर अघि बढ्ने विश्वास दिलाए।

‘हामी महत्त्वपूर्ण मोडमा छौं। अहिले गठबन्धन केका लागि प्रचण्डले भनिसक्नुभएको छ। ठूलो लडाइँपछि प्राप्त लोकतन्त्र र समावेशिता रक्षा गर्न बनेको हो,’ उनले भने।

प्रकाशित: Oct 24, 2022| 15:16 सोमबार, कात्तिक ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...