आइतबार, साउन १७, २०८३

ओलीसँग रहँदा सिकेको ज्ञान अहिलेको गठबन्धनलाई : प्रचण्ड

एमालेमा मिसिएर ओलीसँग गणतन्त्र जोगाउने र आन्दोलनका उपलब्धि रक्षा गर्ने ज्ञान सिकेको प्रचण्डको तर्क।
 |  सोमबार, कात्तिक ७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ७, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी  ओली सँग सँगै रहँदा पाएको ज्ञान वर्तमान गठबन्धनलाई सुम्पिएकाले शंका नगर्न आग्रह गरेका छन्। सोमबार सत्तारुढ पाँच दलीय गठबन्धनले काठमाडौंमा आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

‘मलाई एमालेसँग सहकार्य गरेर के पाउनुभयो भनेर धेरै साथीहरुले व्यंग्य गर्नुभयो। मलाई धेरै साथीहरुले प्रतिकात्मक प्रश्न पनि गर्नुभयो। प्रचण्डले भने, ‘मैले ज्ञान प्राप्त गरेर आएको छु। यो ज्ञान गठबन्धनका लागि महत्त्वपूर्ण हुन्छ भनें। अहिले त्यो देखिएको पनि छ,’ उनले भने।

संविधान र राजनीतिक परिवर्तन रक्षाका लागि गठबन्धन बनेको उनले दाबी गरे। ‘यो ठूलो लडाइँ छ। हामी अझै परसम्म लड्नु छ। यो गठबन्धन पहिलाजस्तो हुने हो कि भनेर धेरै शंका हुँदै छ,’ प्रचण्डले भने, ‘मैले केपीसँग मिलेर ज्ञान प्राप्त गरेर आएको छु। ज्ञानी भएर आएपछि फेरि त्यही गल्ती दोहोरिन्न।’ त्यो ज्ञान गणतन्त्र जोगाउने, आन्दोलनका उपलब्धि जोगाउने माध्यम बनेको प्रचण्डले सुनाए।

प्रकाशित: Oct 24, 2022| 14:37 सोमबार, कात्तिक ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...