शनिबार, कात्तिक २९, २०८२

अन्तिम ओभरमा विराटको जादु

'हामीले सुरुवातदेखि नै भारतविरुद्ध दबाब राख्दै खेल जित्ने अवसर पाएका थियौँ। तर हामीले त्यसलाई सदुपयोग गर्न सकेनौँ,' उनले भने, 'मैलै व्यक्तिगत रुपमा पनि राम्रो प्रदर्शन गर्न सकिनँ। मेरो राम्रो प्रदर्शन टिमलाई आवश्यक थियो जसलाई मैले पूरा गर्न सकिनँ।ʼ
 |  सोमबार, कात्तिक ७, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

सोमबार, कात्तिक ७, २०७९

National life
Laxmi sunrise bank
kumari

भारत र पाकिस्तानबीच राजनीतिक द्वन्द्व अझै कायमै छ। जसले गर्दा भारत र पाकिस्तानको प्रतिस्पर्धालाई सामान्यतया खेलाडीसँग मात्रै सीमित मानिँदैन। यस खेललाई दुई देशका समर्थकहरूबीच पनि वैमनश्यता छ। एकआपसमा भिड्दै गर्दा दुवै टोलीका समर्थकलाई जय र पराजय प्रतिष्ठाको विषय बन्छ। 

यी दुई टोलीले अष्ट्रेलियामा जारी आइसीसी टी-२० विश्वकप क्रिकेटमा आइतबार बेलुका प्रतिस्पर्धा गरे। प्रतियोगिता अन्तर्गत सुपर १२ को खेलमा भारतले नाटकीय रुपमा पाकिस्तानलाई पराजित गर्‍यो। पूर्वकप्तान विराट कोहलीको सानदार ब्याटिङमा भारतले आइसीसी टी-२० विश्वकपमा पाकिस्तानमाथि ४ विकेटको रोमाञ्चक जित हात पारेको हो। जितको लागि १६० रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो। बलिङतर्फ पाकिस्तानका लागि पाकिस्तानका हरिस रौफले ४ ओभरमा २ विकेट लिए। त्यस्तै नसिम शाहले ४ ओभरमा १ र मोहम्मद नवाजले ४ ओभरमा १ विकेट लिए।

कोहलीले ५३ बलमा ६ चौका र ४ छक्कासहित ८२ रनमा अविजित रहँदै टिमलाई अप्रत्यासित जितमा पुर्‍याए। तेस्रो नम्बरमा प्रवेश गरेका उनी अन्तिमसम्मै टिकिरहे। त्यसअघि हार्दिक पान्ड्याले ३७ बलमा १ चौका र २ छक्कासहित ४० रनको महत्त्वपूर्ण योगदान दिए।

प्रकाशित: Oct 24, 2022| 12:16 सोमबार, कात्तिक ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।