सोमबार, असार १, २०८३

'चुनाव जितेपछि बस्तीमा छिर्दैनन'

निर्वाचनमा उम्मेदवार हुनेले घरमै पुगेर पुनः स्थापनसँगै घर निर्माण गर्ने, रोजगारी दिने कुरामा अश्वास्त पारेर जान्छन्।
 |  सोमबार, कात्तिक ७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ७, २०७९

कञ्जनपुर- भीमदत्त नगरपालिका–९ ब्रह्मदेवकी वसन्ती ढकालको चुलोमा मजदुरी नगरे आगो बल्दैन। दैनिक बिहानीको झिसमिसेदेखि साँझ अबेरसम्म उनले मजदुरी गर्दै आएकी छिन्।

National life

गाउँमा वसन्तीको बस्नका लागि सानो झुपडी छ। झुपडीमा बालबालिकासहित उनी बस्दै आएकी छन्। झुपडी बनाइएको जग्गा उनको स्वामित्वको होइन। मजदुरीको पैसाले उनको साँझ बिहानको खाना खर्च जुट्ने गरेको छ। ‘मजदुरी नपाइएका बेला भोकभोकै बस्नुपर्छ’, उनले भनिन्, ‘गाउँमा कृषि मजदुरका रुपमा र गाउँमा मजदुरी नपाइए निकटवर्ती भारतीय टनकपुर बजारमा गएर मजदुरी गर्दै आएको छु।’ 

उनले लोकतन्त्र स्थापनापछिका चुनावमा निरन्तररुपमा मतदान प्रक्रियामा सहभागिता जनाउँदै आएकी छिन्। निर्वाचनमा उम्मेदवार हुनेले घरमै पुगेर पुनः स्थापनसँगै घर निर्माण गर्ने, रोजगारी दिने कुरामा अश्वास्त पारेर जान्छन्।

‘वाचा र प्रतिबद्धता गर्ने उम्मेदवारले चुनाव जितेपछि वर्षौंदेखिको गरिबीको अन्त्य गर्नेमा ढुक्क हुन्छौँ’, उनले भनिन्, ‘चुनाव जितेपछि कोही पनि बस्तीमा छिर्दैनन्।’  

‘विगतमा चुनाव होरेका फर्केनन्, जितेका राजनीतिक दलका उम्मेदवारले वाचा र कसम खाएरै भोट मागे, उहाँहरु पनि फर्केनन् अहिले पनि प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि मत माग्न उम्मेदवार पुग्न थालेका छन्, पुरानै उम्मेदवारजस्तै वाचा कसम खाने क्रम जारी छ’, उनले भनिन्, ‘शिक्षा, स्वास्थ्य र रोजगारका कुरा चुनावी एजेण्डाका रुपमा ल्याएका छन्।’

Shivam cement

बुबाबाजेदेखि ससूरा र श्रीमान्ले वर्षौंदेखि अर्काको घरमा हलिया बसेर कार्य गरेको भए पनि परिचयपत्रसम्म पाउन नसकेको उनले गुनासो गरिन्। मुक्तहलियाको लगतमा समावेश गरी पुनः स्थापनको प्याकेजमा समेट्नेलाई यस पटकको चुनावमा मतदान गर्ने सोच उनको रहेको छ। वसन्तीजस्तै शङ्कर दमाईंको अवस्था दयनीय छ। सीमा क्षेत्र नजिकै बस्दै आएका दमाईंले हलियाबाट मुक्त भएपछि परिवार पाल्नकै लागि निकै सास्ती खेप्नुपरेको बताए।

‘रोजगारी छैन’, उनले भने, ‘भारतमै कुल्ली र दरवान बनेर कार्य गर्नुपरेको छ, भारतमै कमाएको पैसाले परिवारको खर्च चल्ने गरेको छ, स्वदेशमै रोजगारीको व्यवस्था गर्न सघाउने उम्मेदवारको खोजीमा छौँ, अहिलेसम्म भेटिएका छैनन्।’

‘मुक्तिको घोषणा हुनुभन्दा अघि मालिकको घरमा पेटभर खाना पाउँथ्यौँजस्तो भए पनि वर्षमा एक पटक लुगा फेर्न पाउँथ्यौँ’, बन्टी सार्कीले भने, ‘मुक्तिको घोषणापछि स्वतन्त्र भए पनि जीविका चलाउनका लागि निकै सङ्घर्ष गर्नुपरेको छ, रोजगारी छैन, आर्थिक अभावले छोराछोरीलाई उच्च शिक्षा पढाउन पाएका छैनौँ, आधारभूत तहका कक्षा पूरा गरेपछि आफूसँगै मजदुरीका लागि लैजानुपर्ने अवस्था छ।’

पुनःस्थापना प्याकेजमा नसमेटिँदा धेरै मुक्तहलिया परिवारको अवस्था दयनीय रहेको कालुराम सार्कीले बताए। ‘मजस्तै सामुदायिक वन र नदी किनारामा झुपडी बनाएर धेरै मुक्तहलिया परिवार पुनःस्थापनको पर्खाइमा छन्’, उनले भने, ‘वर्षौंदेखि जातीय छुवाछूतसँगै गरिबीमा पिल्सिदै आए पनि कसैले अहिलेसम्म हेरेका छैनन्।’

कागजीरुपमा छुवाछूत अन्त्य भए पनि व्यहारमा यथावत रहेकाले त्यसको अन्त्य गर्न नीतिगत व्यवस्था गर्ने र मुक्तहलिया परिवारको सहज जीवनयापन गर्न पहुँच अभिवृद्धि गर्ने हैसियत राख्ने उम्मेदवारलाई मतदान गर्ने उनको भनाइ रहेको छ।

राष्ट्रिय मुक्तहलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहार समयसापेक्षरुपमा पुनःस्थापन प्याकेज ल्याएर लगतमा समावेश हुन नसकेका मुक्तहलिया परिवारलाई पुनःस्थापन गर्नुपर्ने बताउछन्।

‘वर्षौंदेखि मुक्तहलियालाई भोट बैंकका रुपमा प्रयोग गरियो’, उनले भने, ‘न्यायोचितरुपमा पुनः स्थापनको कार्य गरिएको छैन, घर बनाउन मुस्किल हुने थोरै जग्गामा पुनः स्थापना गरिएको छ, यस कार्यलाई समयसापेक्ष बनाइनुपर्छ, घर निर्माण गरेर मात्रै पुग्दैन, शिक्षा, स्वास्थ्य र रोजगारको प्रत्याभूति गरिनुपर्छ।’

‘चुनावी नारामा मात्रै मुक्तहलियालाई समेटिए त्यो अब स्वीकार्य हुँदैन, विद्यालय व्यवस्थापन समिति, वन उपभोक्ता समिति, रोजगारीका क्षेत्रसँगै राजनीतिलगायतको निर्णायक तहमा मुक्तहलियाको समावेशी, समानुपातिकरुपमा अर्थपूर्णरुपमा सहभागिता हुनुपर्छ, यी कुराको ग्यारेण्टी गर्नका लागि प्रतिबद्धता गर्ने उम्मेदवारलाई नै चयन गर्छौं’, उनले भने।

जिल्लामा लगतमा समावेश भएका दुई हजार पाँच सय १६ मध्ये एक हजार नौ सय ९१ ले परिचयपत्र पाएका छन्। हालसम्म एक हजार आठ सय ३० परिवार पुनः स्थापन भएका छन्। लगतकट्टी गएिकाको सङ्ख्या पाँच सय २५ रहेको छ। अझै पुनः स्थापन हुन बाँकी एक सय ६१ परिवार रहेका छन्।   -रासस

प्रकाशित: Oct 24, 2022| 09:47 सोमबार, कात्तिक ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...