सोमबार, जेठ १८, २०८३

बैंकिङ कसुर मुद्दाकी फरार प्रतिवादी पक्राउ

उच्च अदालत विराटनगरको इलाम इजलास २०७६ पुस २३ गते फैसला गर्दै उनलाई ८ लाख जरिवाना र ११ दिन कैद सजाय हुने ठहर गरेको थियो। बैङ्किङ कसुर मुद्दा दर्ता भएपछि ११ दिन प्रहरीको न्यायिक हिरासतमा बसेसकेकी उनी ५० हजार धरौटीमा रिहा भएकी थिइन्।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८
National life
Shivam cement

झापा- बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएकी एक जना फरार प्रतिवादी प्रक्राउ परेकी छन्। पक्राउ पर्नेमा  जिल्ला झापा विर्तामोड नगरपालिका-९ की ३६ वर्षीया गायत्री भंगड छिन्। 

उच्च अदालत विराटनगरको इलाम इजलास २०७६ पुस २३ गते फैसला गर्दै उनलाई ८ लाख जरिवाना र ११ दिन कैद सजाय हुने ठहर गरेको थियो। बैङ्किङ कसुर मुद्दा दर्ता भएपछि ११ दिन प्रहरीको न्यायिक हिरासतमा बसेसकेकी उनी ५० हजार धरौटीमा रिहा भएकी थिइन्।

तर उनीले जरिवाना नतिरी फरार थिइन्। उनलाई पक्राउ गरी जरिवाना माग गर्दा जरिवाना दाखिला गर्न नसकेपछि कैद सजाय भुक्तानीका लागि चन्द्रगढी कारागार पठाउने तयारी भइरहेको झापा प्रहरीले जानकारी दएको छ। अहिले उनलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ। 


प्रकाशित: Aug 09, 2021| 18:23 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।