शनिबार, चैत ११, २०७९

ह्याट्रिक गरेका शशांकलाई एमालेका पौडेलको चुनौती

कांग्रेसले बलियो क्षेत्र रहेको यो क्षेत्रमा चुनौती भनेको वैशाखको स्थानीय निर्वाचनको मुखमा नेपाली काँग्रेस परित्याग गरी राप्रपामा प्रवेश गरेका प्रा.डा. मोहनीलाल भुसाल, माओवादी केन्द्र परित्याग गरी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका राजन गौतम, नेपाली कांग्रेस परित्याग गरी नेपाली कांग्रेस विपीमा लागेका यमनाथ बस्ताकोटीलगायतको उम्मेदवारी हो ।
 |  सोमबार, कात्तिक ७, २०७९

खिला कार्की

खिला कार्की

सोमबार, कात्तिक ७, २०७९

काठमाडौं- मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पूर्वी नवलपरासीमा उम्मेदवारी दर्तासँगै चुनावी सरगर्मी बढेको छ। दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेपछि जिल्लामा चुनावी चर्चा चुलिएको छ।

National life insurance

प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका बीपी कोइरालापुत्र डा शशांक कोइराला र नेकपा एमालेबाट केन्द्रीय सदस्य कृष्ण पौडेलबीचको प्रतिस्पर्धालाई चासोपूर्वक हेरिएको छ।

२०६४ सालयता नवलपुरको यो क्षेत्रबाट जित्दै आएका डा शशांकलाई एमालेका केन्द्रीय सदस्य पौडेलले चुनौती दिएका हुन्। जिल्लाका प्रतिनिधिसभा तथा प्रदेशसभाका क्षेत्रमा पनि विशेषगरी सत्ता गठबन्धनबाट र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ।

प्रदेशसभातर्फ क्षेत्र नं १ को ‘क’ मा सत्ता गठबन्धनबाट कांग्रेस जिल्ला सभापति महेन्द्रध्वज जिसी र एमालेबाट एमाले केन्द्रीय सदस्य रविन्द्र अधिकारी चुनावी मैदानमा प्रतिस्पर्धा गर्दै छन्। क्षेत्र नं १ को ‘ख’ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका लोकप्रसाद भूर्तेल र एमालेबाट निवर्तमान प्रदेशसभा सदस्य रोशनबहादुर गाहाले उम्मेदवारी दिएका छन्। चासोको रुपमा हेरिएको नवलपुरको संघीय क्षेत्र नं १ मा भने नेपाली कांग्रेसबाट लगातार तीन कार्यकाल चुनाव जितेका कांग्रेसका पूर्वमहामन्त्री कोइराला चौथो पटक पनि चुनाव जितेर संसद प्रवेश गर्ने तयारीमा छन्।

धेरै बोल्नेभन्दा पनि सबैसँग मुसुक्क हास्ने र आम नेता कार्यकर्तादेखि मतदातासँग सहज व्यवहार गर्ने भएकाले कोइरालाका लागि सहज हुने कांग्रेस जिल्ला सभापति महेन्द्रध्वज जीसीको भनाइ छ।

worldlink

२०७४ को प्रतिनिधि सभाको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारभन्दा ४ हजार २४ मतान्तरले जितेका कोइराला यस पटक पाँचदलीय गठबन्धनको उम्मेदवार बनेर सहज जित निकाल्ने दाउमा छन्। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई हेर्दा कांग्रेसलाई केही सहज देखिन्छ। 

पुर्ख्यौली थलो विराटनगर छोडेर कसरी पुगे नवलपरासी?
डा. शशांक कोइराला २०१५ साल कात्तिक ८ गते विराटनगरमा जन्मेका हुन्। सुनसरीको चताराबाट सरेर विराटनगरलाई कर्मथलो डा शशांकका हजुरबुबा कृष्णप्रसाद कोइराला त्यहाँका प्राय गतिविधिमा अग्रपंक्तिमा खडा हुने भएकाले लोकप्रिय पनि थिए। शशांकका पिता बीपी कोइराला २०१५ सालमा विराटनगरबाटै सांसद बनेका थिए। त्यसपछि बीपी पहिलो जननिर्वाचित प्रधानमन्त्री बने। विराटनगरलाई कर्मथलो बनाएका बीपीका छोरा शशांक भने चुनाव लड्न २०६४ सालमा नवलपरासी पुगे। उनी ०६४ देखि नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट चुनाव जित्दै आएका छन्।

आखिर विराटनगरका शशांक चुनाव लड्न किन नवलपरासी पुगे त?  यसको कारण हो, राजनीतिमा रहेका कोइराला परिवारका सदस्य  विराटनगरमा बढी हुनु र नवलपरासी-१ मा कांग्रेसको राम्रो पकड हुनु। विराटनगरमा डा. शेखर कोइराला, सुजाता कोइराला, अशोक कोइरालालगायत एक से एक नेता थिए। शेखर र सुजाता अहिले पनि मोरङबाटै राजनीतिमा सक्रिय छन्। मोरङको क्षेत्र नम्बर ६ बाट शेखर र २ बाट सुजाता चुनावी मैदानमा छन्।

बीपीपुत्रका लागि २०६४ सालमा चुनाव लड्न सुरक्षित स्थान खोजियो। सुरक्षित स्थान मध्ये बीपीले कांग्रेसको स्थायी गढ भनेको गैंडाकोटसमेत रहेको तत्कालीन नवलपरासी-१ बाट चुनावी मैदानमा शशांकलाई उतारियो। उक्त निर्वाचन क्षेत्रमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र नवलपुरका जिल्ला सभापति महेन्द्रध्वज जीसीबीचमा एकअर्कालाई स्वीकार गर्न नसक्ने अवस्था थियो। जसका कारणले डा शशांकलाई नवलपरासी ओर्लन सहज पनि भयो। उनीहरुले एकले अर्कालाई स्वीकार गर्नुभन्दा बीपी पुत्रलाई नेता बनाउन तयार भए। 

प्रकाशित: Oct 24, 2022| 04:32. 44 सोमबार, कात्तिक ७, २०७९