सोमबार, असार १, २०८३

कैलाली पुगेर देउवाले भने- देश गम्भीर मोडमा छ

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश यतिबेला गम्भीर मोडमा रहेको बताएका छन्।
 |  आइतबार, कात्तिक ६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ६, २०७९

धनगढी- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश यतिबेला गम्भीर मोडमा रहेको बताएका छन्। आइतबार धनगढीमा सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन् । 

National life

चुनावपछि देश कता जाने भन्ने गम्भीर मोडमा रहेको बताउँदै उनले नेपालको संविधान, गणतन्त्रको रक्षाको लागि सत्ता गठबन्धनलाई जिताउन आग्रह गरे।

'२००७ सालदेखि लडाई लड्दै ल्याएको गणतन्त्र, संविधान बचाउनका लागि गठबन्धनलाई जिताउन जरुरी छ। जीतको सफलता सुदूरपश्चिमबाटै मिल्ने मेरो अपेक्षा छ,' उनले भने। लोकतन्त्र र संविधानको रक्षाका लागि सत्ता गठबन्धनको जित अपरिहार्य रहेको उनको धारणा थियो।

उनले गठबन्धन दलका उम्मेदवारहरूलाई जिताउन पार्टीका कार्यकर्ताहरूलाई आह्वानसमेत गरेका छन्।

प्रकाशित: Oct 23, 2022| 13:38 आइतबार, कात्तिक ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...