आइतबार, साउन १७, २०८३

राष्ट्रपति र ओलीले संविधानमाथि आक्रमण गरे : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीले मिलेर संविधानमाथि प्रहार गरेको टिप्पणी गरेका छन्।
 |  आइतबार, कात्तिक ६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ६, २०७९

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीले मिलेर संविधानमाथि प्रहार गरेको टिप्पणी गरेका छन्।

सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले राष्ट्रपति र केपी ओलीबाट संविधानमाथि आक्रमण भएको टिप्पणी गरेका हुन्। 'संविधानमाथि आक्रमण हुँदा पनि कांग्रेस नेतृत्वको गठबन्धनले रक्षा गरेको छ। त्यसैले अझैँ पनि संविधानको रक्षाका लागि गठबन्धन उम्मेदवारलाई जिताउनुहोला,' उनले भने।

यो कांग्रेस, माओवादी, समाजवादी नभनी गठबन्धनका उम्मेदवार जिताउन पौडेलले आग्रह गरे। उनले गठबन्धनमा इमान्दार हुन कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।

गठबन्धनको विजय भएमात्रै राजनीतिक स्थायीत्वसँगै नयाँ आर्थिक क्रान्तिको सुरुवात हुने उनको दाबी थियो।

प्रकाशित: Oct 23, 2022| 13:23 आइतबार, कात्तिक ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...