आइतबार, साउन १७, २०८३

एमाले कार्यकर्ता जसपामा भित्र्याएपछि पर्सा एमालेमा असन्तुष्टि

दुई दलबीच गठबन्धन भइसकेको अवस्थामा सहयात्री पार्टीले अर्को पार्टीका कार्यकर्ता भित्र्याउने काम सम्झौताविरुद्ध हुने एमाले नेता, कार्यकर्ताको टिप्पणी।
 |  आइतबार, कात्तिक ६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ६, २०७९

काठमाडौं– वीरगञ्जमा जनता समाजवादी पार्टीले नेकपा एमाले कार्यकर्तालाई जसपा प्रवेश गराएपछि दुई दलको तालमेलमा समस्या आउने देखिएको छ।

पर्सा क्षेत्र–१ का उमेदवार एवं पूर्वमन्त्री प्रदीप यादव र वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले एमाले कार्यकर्ता ग्यासुद्दीन मियाँलाई आइतबार जसपामा प्रवेश गराएका छन्।

जसपा नेताहरूले एमाले कार्यकर्ता भित्र्याएपछि एमाले नेता, कार्यकर्ता असन्तुष्ट बनेका छन्। यसले जसपा र एमालेबीचमा दूरी बढेको छ।

एमाले पर्साका इन्चार्ज प्रभु हजराले दुई दलबीचमा गठबन्धन भएको अवस्थामा एउटा पार्टीले अर्को पार्टीका कार्यकर्ता भित्र्याउने काम गठबन्धनविरुद्ध भएको टिप्पणी गरेका छन् । उनले भने, ‘दुई दलबीचमा गठबन्धन भएको अवस्था एकअर्काका कार्यकर्ता चोर्ने काम राम्रो होइन। यसले निर्वाचन परिणाममा असर गर्न सक्छ।’ 

एमाले वीरगञ्ज महानगर कमिटी सचिव सुन्दर कुर्मीले पनि चुनावमा दुई दल एकअर्काको सहयोगी भइरहेको अवस्था एमालेका कार्यकर्तालाई जसपाले आफ्नो पार्टीमा प्रवेश गराएर राम्रो काम नगरेको बताए। कुर्मीले जसपाका थुप्रै नेता, कार्यकर्ता एमाले प्रवेश गर्न आतुर भए पनि निर्वाचनसम्म पार्टी प्रवेशलाई आफूहरूले थाती राखेको दाी गरे। 

जसपाका पर्सा क्षेत्र–१ र २ मा बागी उम्मेदवारको लर्को छ। पर्सा क्षेत्र–१ को प्रदेश ‘क’ मा एमाले उम्मेदवार विचारी यादवविरुद्ध जन्नत अन्सारीले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने पर्सा क्षेत्र–२ को प्रदेश ‘ख’ मा एमालेकै उम्मेदवार हरेराम पटेलविरुद्ध जसपा नेता एवं वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहका भतिजा रुपेशमान श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

एमालेका उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गराउने र एमाले कार्यकर्ता जसपामा भित्र्याउने जसपाको कार्यशैलीले समस्या निम्त्याएको एमाले पर्साका इन्चार्ज प्रभु हजराले बताए। पूर्वमन्त्री एवं जसपा नेता प्रदीप यादव एमालेको समर्थनमा पर्सा क्षेत्र–१ मा प्रतिनिधिसभा सदस्यमा उमेदवार छन् ।

प्रकाशित: Oct 23, 2022| 12:38 आइतबार, कात्तिक ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...