आइतबार, साउन १७, २०८३

भ्रष्टाचार नियन्त्रण र सुशासन पहिलो प्राथमिकता : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार निर्मुल गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्। राजधानीमा आइतबार बिहान आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन्।
 |  आइतबार, कात्तिक ६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ६, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार निर्मुल गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्। राजधानीमा आइतबार बिहान आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन्।

‘जतासुकै भ्रष्टाचार व्याप्त छ, कहीँ सुशासन छैन, जहाँ जाउँ अस्तव्यस्त छ। अब यसलाई समाधान गर्न नसके झन विकराल अवस्था आउने भएकाले मुलुक निर्माणको लागि मेरो पहिलो प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन दिलाउनु हो,’ उनले भने।

नेता सिंहले प्रशासनिक प्रक्रिया झन्झटिलो भएको भन्दै समयमा कहिल्यै काम नहुँदा जतासुकै भनसुन चाहिने अवस्थाको अन्त्य गर्नु आफ्नो प्राथमिकता रहेको बताए। राजनीतिक अस्थिरताका कारण मुलुकका तमाम समस्या जहाँको त्यहीँ रहेकाले राजनीतिक स्थायित्वको जगमा मात्र सुशासन र विकास निर्माणको प्रक्रिया अगाडि बढ्ने उनले बताए।

यस पटकको निर्वाचन मुलकमा राजनीतिक स्थिरता कायम गराउने र अस्थिरता चाहनेहरूबीचको प्रतिस्पर्धा भएको उनको भनाइ थियो। मुलुकका पछिल्ला घटनाक्रमले युवामा निराशा छाएकाले युवामा आशा जगाउन मुलुकभित्र काम गरेर घरपरिवारमा रमाउने वातावरण निर्माण गराउन आवश्यक काम आफूले गरिरहेको समेत उनले बताए।

राजधानी काठमाडौंको मुख्य समस्या खानेपानी, फोहोर व्यवस्थापन, ट्राफिक जामलगायत न्यूनतम आधारभूत समस्याको समाधानका लागि काम गर्ने योजनासहित जनतामाझ आफू आएको भन्दै उनले विवेकपूर्ण निर्णय गर्न मतदातालाई आग्रह समेत गरे।

प्रकाशित: Oct 23, 2022| 09:51 आइतबार, कात्तिक ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...