आइतबार, साउन १७, २०८३

धनगढीमा गठबन्धनको प्रशिक्षण ११ बजे

प्रधानमन्त्रीसहित सत्ता गठबन्धन दलका प्रमुख नेताहरू आइतबार धनगढी आउने भएका छन्।
 |  आइतबार, कात्तिक ६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ६, २०७९

धनगढी- प्रधानमन्त्रीसहित सत्ता गठबन्धन दलका प्रमुख नेताहरू आइतबार धनगढी आउने भएका छन्।

उनीहरू आज सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको धनगढीमा गठबन्धनको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आउन लागेका हुन्।

धनगढीको ओम पार्टी प्यालेसमा आयोजना हुने प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललगायत नेताहरू आउन लागेका कांग्रेस कैलालीका सचिव केशव मिश्रले जानकारी दिए।

गठबन्धनका शीर्ष नेताहरू पहिलोपटक सुदूरपश्चिममा एकैसाथ आउँदैछन्। दिउँसो ११ बजेबाट कार्यक्रम सुरु हुने बताइएको छ।

प्रकाशित: Oct 23, 2022| 09:15 आइतबार, कात्तिक ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...