सोमबार, असार १, २०८३

गठबन्धनलाई हार्ने छुट छैन : मन्त्री अथक

बाँकेमा पाँच दलीय गठबन्धनले चुनावी अभियानलाई तीव्र पारिरहेको छ।
 |  आइतबार, कात्तिक ६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ६, २०७९

बाँके- बाँकेमा पाँच दलीय गठबन्धनले चुनावी अभियानलाई तीव्र पारिरहेको छ। गठबन्धनका तर्फबाट क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका उम्मेदवार रहेका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) शनिबार बाँके आए लगत्तै चुनावी अभियानलाई सशक्त पारिएको हो।

National life

गृहजिल्ला आएलगत्तै उनले शनिबार आफ्नो निर्वाचन क्षेत्रमा पुगेर भेटघाटलाई तीव्रता दिएका छन्। राप्ती सोनारी-२ अगैयामा निर्वाचन परिचालन कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अथकले परिवर्तनकारी शक्तिबीच भएको गठबन्धनले संविधान र व्यवस्थाको रक्षा गर्ने बताए।

प्रतिगमनकारीबाट संविधान र व्यवस्था नै संकटमा परेकाले नेपाली कांग्रेस, माओवादी केन्द्र लगायत पाँच दलबीच गठबन्धन गर्नुपरेको उल्लेख गर्दै मन्त्री अथकले परिवर्तनको नेतृत्व गरेका पार्टीबीच भएको गठबन्धनलाई हार्ने छुट नभएको बताए।

तथाकथित राष्ट्रवादी, प्रतिगामीले गठबन्धनलाई असफल गराउने प्रयास गरिरहेकाले सचेत हुन समेत उनले गठबन्धनमा आबद्ध कार्यकर्तालाई आग्रह गरे। ‘व्यवस्था बद्लियो, अब जनताको अवस्था बदल्न जरुरी छ, पाँच दलीय गठबन्धन भित्रका सबै दलले सबैको अस्तित्वलाई आत्मसाथ गरेर अगाडी बढ्नु पर्छ,’ उनले भने ।

आफ्नो पाँच वर्षे कार्यकालमा क्षेत्र नम्बर १ को विकास गर्दा पक्षपात नगरेर काम गरेको अथकको भनाई छ।  ‘क्षेत्र नम्बर १ का विद्यालयको शैक्षिक सुधार कार्यक्रमका साथै यहाँको आधारभूत आवश्यकता, सडक, बिजुली, सिँचाइ, खानेपानी, पुल पुलेसा, कटान तथा डुबान नियन्त्रण गर्न उल्लेखनीय काम भएका छन्,’ उनले भने।

Shivam cement

राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण आफू समयमै निर्वाचन क्षेत्रमा पुग्न नसकेकोमा खेलकुद मन्त्री अथकले क्षमा मागेका थिए। पुरानो अनुभव र नयाँ उत्साहका साथ जिम्मेवारी पूरा गर्ने प्रतिद्धता जनाएका छन्।

बाँके जिल्लाको पिछडिएको क्षेत्रका रूपमा रहेको बाँके निर्वाचन क्षेत्र नम्बर १ मा देखिने खालका काम भएको मन्त्री अथकले बताए।

चुनाव जित्नु ठुलो कुरा नभएको बताउँदै उनले मुलुक प्रतिको इमान्दारिता सबैभन्दा ठुलो कुरा भएको धारणा राखे। उनले थपे, ‘आजको व्यवस्थाप्रति माओवादी र काँग्रेसलाई जति माया छ, त्यो अरू दललाई छैन।’

सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा १ ‘क’ का उम्मेदवार कृष्णा केसी नमुनाले व्यक्ति भन्दा गठबन्धनको आवश्यकताले उम्मेदवार छनोट भएकाले गठबन्धनका सबै उम्मेदवारलाई जिताउन आग्रह गरिन्। गठबन्धनको मर्म भन्दा बाहिर नजान समेत उनले सबै नेता कार्यकर्तालाई आग्रह गरिन्। उनले गएको पाँच वर्षमा विकासको आधार तयार पारिएको दाबी गर्दै केही काम बाँकी रहेको र केही पाइप लाइनमा भएको बताइन्।

यसअघि बाम(लोकतान्त्रिक गठबन्धनको बाँके निर्वाचन क्षेत्र नम्बर १ अन्तरगत प्रदेश सभा १ ‘क’ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गरिएको थियो। राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ अगैयामा शनिबार कार्यालय उद्घाटन गरिएको हो ।

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य पूर्णाकुमारी सुवेदी, राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, पूर्वसभासदद्वय पट्टु थारु र अशोक रोकाय, नेपाली कांग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरी, नेपाली काँग्रेसका नेता हुर्मत न्यौपाने, नेपाली कांग्रेस प्रदेश ९क० का कार्यबहाक सभापति अम्बर बहादुर बुढाथोकी, नेकपा माओवादी केन्द्र, क्षेत्र नम्बर १ संयोजक रेणुका खड्का, कांग्रेसका जिल्ला सदस्य टिकाराम बस्नेत, कांग्रेस राप्ती सोनारी सभापति भीम बहादुर रानाक्षेत्री, नेकपा माओवादी केन्द्र राप्ती सोनारीका अध्यक्ष चिमबहादुर घर्ती लगायत गठबन्धनमा आबद्ध दलका नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो।

प्रकाशित: Oct 23, 2022| 09:01 आइतबार, कात्तिक ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...