काठमाडौं- गृह मन्त्रालयले यही ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई सुव्यवस्थित, प्रभावकारी र सफल बनाउने उद्देश्यले सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा बैठकको आयोजना गर्ने भएको छ।
सोहीअनुसार आइतबार बाग्मती प्रदेशबाट प्रदेशस्तरीय सुरक्षा बैठकको सुरुवात हुनेछ। गृहसचिव विनोद प्रकाश सिंहले निर्वाचनलाई भयरहित र सुव्यवस्थित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायलाई प्रभावकारी रूपमा परिचालन गर्नेगरी आवश्यक तयारी थालिएको जानकारी दिए। सोही तयारीअनुसार प्रदेशस्तरीय सुरक्षा बैठक थालिएको र सातै प्रदेशमा छलफल गरी सुरक्षा अवस्थालाई मजबुत पारिने सचिव सिंहले बताए।
गृह मन्त्रालयले निर्वाचनमा आवश्यक सुरक्षा प्रदान गर्न विभिन्न खाले रणनीतिसमेत तय गरिरहेको छ। प्रदेशस्तरीय सुरक्षा बैठकले सुरक्षा रणनीति तय गर्नसमेत सहयोग पुर्याउने गृहले जनाएको छ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले निर्वाचनका लागि सातै प्रदेशको सुरक्षा अवस्था बुभ्mन तथा त्यहाँको सुरक्षा अवस्था प्रभावकारी बनाउने उद्देश्यले प्रदेशस्तरीय सुरक्षा बैठकको आयोजना गरिएको बताए। गृहसचिवको अध्यक्षता र गृहमन्त्रीको प्रमुख आतिथ्यतामा हुने सो सुरक्षा बैठकमा केन्द्रीय सुरक्षा निकायका प्रमुख, प्रदेशस्तरीय सुरक्षा निकाय प्रमुख, प्रदेशअन्तर्गतका सबै जिल्लाका तीनवटै निकायका सुरक्षा प्रमुखहरू, प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री र सचिवलगायतको उपस्थिति रहनेछ।
सो सुरक्षा बैठकमा गृह मन्त्रालयले निर्वाचन केन्द्रित आवश्यक सुरक्षा रणनीति’bout समेत मातहतका निकायसँग छलफल गर्नेछ। बैठकमा प्रदेश तथा जिल्लामा देखा पर्नसक्ने सुरक्षा चुनौतीको आँकलन गर्दै समाधानका लागि आवश्यक उपायसमेत खोजी गरिने गृह प्रवक्ता पोखरेलले जानकारी दिए।
प्रदेशस्तरीय सुरक्षा बैठकमा आएका सुरक्षासम्बन्धी सुझावका आधारमा गृह मन्त्रालयले निर्वाचनमा आवश्यक पर्ने थप रणनीति तय गर्ने जनाइएको छ। सुरक्षा बैठकमा प्रदेश तथा जिल्लामा देखिएका सुरक्षा ग्पाप र समस्या’ समेत छलफल गरी सुरक्षाका कमीकमजोरीलाई हटाइने र सुरक्षा सम्बन्धमा देखिएका समस्या समाधानका उपायको पहिचान गरिनेछ।
गृह प्रवक्ता पोखरेलका अनुसार आइतबार बाग्मती प्रदेशमा प्रदेशस्तरीय बैठक सम्पन्न गरेपछि अन्य प्रदेशमा पनि क्रमशः सोहीअनुसारकै सुरक्षा बैठकको आयोजना गरिनेछ। तिहारलगत्तै बाँकी ६ प्रदेशमा प्रदेशस्तरीय सुरक्षा छलफल सम्पन्न गरिने प्रवक्ता पोखरेलले जानकारी दिए।