सुर्खेत- आइतबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा लोकतान्त्रिक बाम–गठबन्धनले संयुक्त भेलाको आयोजना गर्ने भएको छ। उक्त भेलामा सत्तारुढ गठबन्धनका शीर्ष नेताको उपस्थिती रहने भएको छ।
दिउँसो २ बजेबाट वीरेन्द्रनगरको शुभ होटलमा सुरु हुने भेलालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी केन्द्रका अध्यक्ष माधव कुमार नेपालसहित अन्य शीर्षस्थ नेताले सम्बोधन गर्ने भएका छन्।
नेपाली कांग्रेस प्रदेश कमिटीका प्रवक्ता दमन शाहीले भेलामा कर्णालीका प्रत्येक जिल्लाबाट उम्मेदवार तथा प्रत्येक दलबाट निश्चित नेताको सहभागिता रहने बताए।
आजै सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आयोजित सभालाई सम्बोधन गरेर शीर्ष नेताहरू दिउँसो १ बजे मात्रै वीरेन्द्रनगर आउने कार्यतालिका रहेको छ।