बुधबार, वैशाख २, २०८३

संयुक्त राष्ट्रसंघको सैनिक टोलीलाई लुम्बिनीमा

लुम्बिनी विकास कोषले संयुक्त राष्ट्र संघको सैनिक टोलीलाई शनिबार लुम्बिनीमा स्वागत गरेको छ। लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख हरिध्वज राई, सूचना अधिकृत राजन बस्नेतले टोलीलाई लुम्बिनीमा स्वागत गरेका हुन्।
 |  शनिबार, कात्तिक ५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ५, २०७९

National life
kumari

बुटवल- लुम्बिनी विकास कोषले संयुक्त राष्ट्र संघको सैनिक टोलीलाई शनिबार लुम्बिनीमा स्वागत गरेको छ। लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख हरिध्वज राई, सूचना अधिकृत राजन बस्नेतले टोलीलाई लुम्बिनीमा स्वागत गरेका हुन्।

संयुक्त राष्ट्र संघ महासचिवका पूर्व सैनिक सल्लाहकार ह्यूज रसेन (रिटायर्ड), संयुक्त राष्ट्र संघमा कार्यरत सहसैनिक सल्लाहकार मिस्टर ओलीभर यूलिच, मिस्टर एड्म क्रिष्टोफर स्मीथ, बगांलादेशी सैनिक अधिकृत रिजोल कभियत, इन्डोनेशियन सेनाका कर्नेल अजवान एडविप सहितको टोली लुम्बिनी आएको हो।

त्यसैगरि टोलीमा शान्ति कार्य निर्देशनालयका सहनिर्देशक अशोक चन्द, प्रमुख सेनानी जनककुमार बस्नेत, प्रमुख सेनानी डा. उत्सव मोहसिंह, गरुणदल गणका गणपती प्रमुख सेनानी दिपेन्द्र न्यौपाने र मध्यपश्चिम प्रितना हेडक्वाटर बुटवलका सहायक रथी किरण केसी पनि टोलीमा सरिक भएका थिए।

प्रकाशित: Oct 22, 2022| 19:25 शनिबार, कात्तिक ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।