काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेकी छन् । आइतबार बिहान राष्ट्रपति निवासमा एक समारोहकाबीच दज्र्यानी चिन्ह प्रदान गरेकी हुन्।
निवर्तमान प्रधानसेनापति राजेन्द्र क्षेत्रीको नियमित पदावधि भदौं २४ आइतार समाप्त भएकोले थापाले आइतबारदेखि नै औपचारिक रुपमा प्रधानसेनापतिको जिम्मेवारी समालेका छन् । एक महिनाअघि विदा बस्ने परम्पराअनुसार नै थापाले गत साउन २४ गतेदेखि नै कायममुकायम सेनापतिका रुपमा सेनाको कमान्ड समाल्दै आएका छन् ।
थापालाई यसअघि नै सरकारले प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरिसकेको छ । स्वभाविक रोलक्रमअनुसार नै थापा सेनापतिमा नियुक्त भएका हुन् । उनको पदावधि तीन वर्षको हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४