सोमबार, असार १, २०८३

सर्वोच्च अदालत सेटिङको अखडा : एमाले अध्यक्ष ओली

लोकतन्त्रलाई परमादेश होइन, जनादेशबाट चलाउन ४ मंसिरमा जनताले फैसला गर्नुपर्ने ओली तर्क।
 |  शनिबार, कात्तिक ५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ५, २०७९

काठमाडौं– नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले आफूलाई हटाउन प्रयोग भएको सर्वोच्च अदालत पछिल्लो समय सेटिङको अखडामा परिणत भएको आरोप लगाएका छन्।

National life

शनिबार एमाले ललितपुरले तिहार तथा नेपाल संवत् अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष ओलीले कुनै व्यक्तिलाई प्रधानमन्त्री तोक्न घन्टा तोकेर दिइएको परमादेश ऐतिहासिक गल्ती भए पनि अब त्यस्तो दोहोरिन नदिइने बताए।

ओलीले भने, ‘अदालतले संविधानका नाममा जे मन लाग्यो, त्यही फैसला गर्छ। अदालतमा न्यायाधीशले हड्ताल गरेर तमासा देखाउँछन्। प्रधानन्यायाधीशलाई कुर्सीमा बस्न दिइँदैन। एउटा न्यायाधीशले अर्कोलाई लाञ्छित गर्छ। प्रधानन्यायाधीशलाई घरमै नजरबन्द गरिन्छ। अधिवक्ता र तिनका संस्थाले न्यायालयको हुर्मत लिएका छन्। यो तमासा हो।’

अध्यक्ष ओलीले कानुन हातमा लिने काममा न्यायाधीश र वकिलहरू नै लागेको आरोप लगाए। लोकतन्त्रलाई परमादेश होइन, जनादेशमार्फत बलियो बनाउन ४ मंसिरमा जनताले फैसला गर्नुपर्ने ओलीको भनाइ छ।

प्रकाशित: Oct 22, 2022| 15:07 शनिबार, कात्तिक ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...