काठमाडौं– कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गिरिजाबाबुले माओवादीसँग शान्ति सम्झौता गर्दा हँसिया हथौडामा भोट हालिसकेकाले आफूले पनि त्यसै गरेको बताएका छन्। शनिबार विराटनगरमा आयोजित सत्ता गठबन्धनको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।
उनले आगामी चुनावमा रुख भएको ठाउँमा रुख, रुख नभएको ठाउँमा हँसिया हथौडा, कलममा मत हाल कांग्रेस कार्यकर्तालाई निर्देशन दिए।
चुनावमा सत्ता गठबन्धन मिलिसकेकाले लोकतन्त्र र गणतन्त्रलाई स्थायी गराउन पार्टी कार्यकर्ताले चुनाव चिह्न हेर्न नहुने उनको भनाइ छ।आफूहरूको गठबन्धन संविधान र लोकतन्त्रको पक्षमा रहेको उनले बताए।