सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ओलीले काठमाडौं–७ बाट चुनाव लड्न प्रस्ताव गरेको स्वर्णिम वाग्लेको खुलासा

ओलीले काठमाडौं–७ बाट चुनाव लड्न प्रस्ताव गरेको स्वर्णिम वाग्लेको खुलासा

कांग्रेसले टिकट नदिएपछि काठमाडौं–७ बाट उठे एमाले सहयोग गर्न तयार रहेको भन्दै ओलीले गरेका थिए वाग्लेलाई फोन।
 |  शनिबार, कात्तिक ५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ५, २०७९

काठमाडौं– अर्थविद् एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले आफूलाई नेकपा एमाले अध्यक्ष केपी ओलीले काठमाडौं–७ बाट चुनाव लड्न प्रस्ताव गरेको खुलासा गरेका छन्।

National life

कांग्रेसले शनिबार काठमाडौंमा आयोजना गरेको चुनावी कार्यक्रममा उनले कांग्रेसबाट टिकट नपाएपछि आफूलाई अध्यक्ष ओलीले काठमाडौं–७ बाट उम्मेदवारी दिए एमालेले सहयोग गर्ने प्रस्ताव गरेको बताएका हुन्।

‘कांग्रेसबाट उम्मेदवार हुन खोजेको थिएँ । टिकट पाइनँ। एमाले अध्यक्ष ओलीले फोन गरेर काठमाडौं–७ बाट उठ्न आग्रह गर्नुभएको थियो। त्यहाँ हाम्रो उम्मेदवार छैन, एमाले सहयोग गर्छ भन्नुभएको थियो’, वाग्लेले भने।

आफूले कांग्रेस नछाड्ने वाग्लेले बताए। ‘मलाई पार्टीभित्रै केही गर्न सकिन्छ भन्ने छ। पार्टीभित्रै लडेर अघि बढ्न सकिन्छ भन्ने लाग्छ। गगन थापा र विश्वप्रकाश शर्मालाई कसैले दिएर महामन्त्री हुनुभएको होइन। पार्टीभित्रै लडेर महामन्त्री हुनुभयो’, उनले भने । वाग्लेलाई कांग्रेसबाट चितवन–१ बाट प्रतिनिधिसभा उम्मेदवार बनाइने चर्चा चले पनि अन्तिममा टिकट दिइएन।

प्रकाशित: Oct 22, 2022| 13:59 शनिबार, कात्तिक ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...