आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ४ मंसिरको चुनावपछि सरकार बन्नासाथ कार्यकर्तालाई अवसरै अवसर : प्रचण्ड

४ मंसिरको चुनावपछि सरकार बन्नासाथ कार्यकर्तालाई अवसरै अवसर : प्रचण्ड

चुनावमा टिकट नपाएकाहरूको चित्त दुखाइलाई आगामी ४ मंसिरपछि बन्ने सरकारले सम्बोधन गर्ने प्रचण्डको आश्वासन।
 |  शनिबार, कात्तिक ५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ५, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी ४ मंसिरको चुनावपछि सत्ता गठबन्धनको सरकार बनेपछि नेता–कार्यकर्तालाई अवसरका चाङ लगाइदिने आश्वासन दिएका छन्। 

शनिबार सत्ता गठबन्धनले मोरङको विराटनगरमा आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो आश्वास दिएका हुन्।

उनले भने, ‘तपाईंहरूलाई हाम्रो सरकार बनिसकेपछि अवसरै अवसर हुनेछ। अहिले टिकट नपाएर अन्यायमा परेकालाई पनि निर्वाचनपछि बन्ने सरकारले सम्बोधन गर्नेछ।’ 

आगामी ४ मंसिरको चुनाव सामान्य नभएको र आन्दोलनै भएको उनले बताए। ‘यो निर्वाचन अभियान भनेको एउटा आन्दोलन हो। अभियान पनि हो,’ प्रचण्डले कार्यकर्तालाई भने, ‘यो अभियानलाई गहिरोसँग लिनुहोला। हिजोका सानातिना कमी–कमजोरी छन् भने पनि यो गठबन्धनलाई जिताउने महान उद्देश्यलाई पूर्णता दिन संविधान, लोकतन्त्र र जनताका लागि एकढिक्का हुनुहोला।’

लोकतन्त्र र परिवर्तनका विरोधी, प्रतिगामी शक्तिलाई परास्त गरेर विकास र समृद्धिको आधार तय गर्न गठबन्धन आवश्यक रहेको उनले बताए।

प्रकाशित: Oct 22, 2022| 13:38 शनिबार, कात्तिक ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...