सोमबार, साउन १८, २०८३

प्रतिनिधिसभा चुनाव लड्न २ हजार ४१२ जनाको उम्मेदवारी दर्ता

आयोगमा प्रतिनिधिसभा चुनाव लड्न एमालेले १४१ उम्मेदवारी दर्ता गराएर पहिलो दल बनेको छ।
 |  शनिबार, कात्तिक ५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ५, २०७९

काठमाडौं– आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरबाट २ हजार ४१२ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार ६२ वटा राजनीतिक दल र स्वतन्त्रबाट गरी उक्त संख्यामा उम्मेदवारी दर्ता भएको हो। 

आयोगको तथ्यांकअनुसार एमालेले १४१,  कांग्रेसले ९१, नेकपा माओवादी केन्द्रले ४६, नेकपा एकीकृत समाजवादीले २१, जनता समाजवादी पार्टीले ७९ क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन्। 

सबैभन्दा बढी ठाउँमा एमालेले उम्मेदवारी दर्ता गराएको छ। 

त्यस्तै, राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले १४० ठाउँमा उम्मेदवारी दर्ता गराएको आयोगको तथ्यांकमा उल्लेख छ। योसँगै राप्रपा एमालेपछिको दोस्रो धेरै ठाउँमा उम्मेदवारी दर्ता गराउने दल बनेको छ। 

त्यस्तै, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १३१ क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएको आयोगले बताएको छ। सो दलले प्रदेशसभा  सदस्य निर्वाचनका लागि भने उम्मेदवारी दर्ता गराएको छैन।

प्रतिनिधिसभाको कुल १६५ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले १३१ ठाउँमा उम्मेदवारी दर्ता गरेर तेस्रो बनेको छ।


प्रकाशित: Oct 22, 2022| 13:26 शनिबार, कात्तिक ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...