काठमाडौं– कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन चुनाव जित्न र सत्तामा जान मात्र नभई परिवर्तन बचाउन गरिएको बताएका छन्। शनिबार मोरङको विराटनगरमा आयोजित सत्ता गठबन्धनको भेलालाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन्।
कोतपर्व र भण्डारखाल पर्व मच्चाउनेहरूले लोकतन्त्र आएपछि केही भएको छैन भनेर प्रचार गरे पनि त्यस्तो अवस्था नरहेको उनको धारणा छ।
प्रतिगमनकारी शक्ति सलबलाइरहे पनि अब प्रतिगमत नफर्किने दाबी पौडेलले गरे। ‘छद्मभेषीबाट अनेक हतकण्डा मच्याउने कोसिस भएको छ। त्यसलाई जनताले चिन्नुपर्छ’, उनले भने।
नेपाल र नेपालको अर्थतन्त्रलाई बलियो बनाउन गठबन्धनलाई जिताउनुपर्ने र गठबन्धनभित्रका नेता, कार्यकर्ताले आपसी मनमुटाव हटाएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए।