बिहीबार, असार ४, २०८३

बिजोग सिंहदरबार [तस्बिरहरू]

हरेक पाँच वर्षमा सिंहदरबार पस्ने पात्र फेरिरहेका छन् तर अवस्था उही छ।
 |  शनिबार, कात्तिक ५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ५, २०७९

काठमाडौं- हरेक पाँच वर्षमा सिंहदरबार पस्ने पात्र फेरिरहेका छन् तर अवस्था उही छ। बाहिर चिटिक्क सिंगारिए पनि सिंहदरबार भित्रका दृश्यहरू फेरिन सकेका छैनन्। न काम गर्ने शैली फेरिएको छ, न त त्यसको इतिहास बचाउन कसैको ध्यान पुगेको नै छ। वि.सं.२०७२ वैशाख १२ गतेको भूकम्पपछि भत्किएका संरचनाहरूको अझै पुनःनिर्माण राम्रोसँग सकिएको छैन।

National life

नेपालको इतिहास झल्काउने राजा महाराजाको फोटो, सालिक, मूर्तिहरू फालिएको अवस्थामा छन्। केही ठाउँमा पानी चुहिएर अवस्था बेहाल छ। गृह मन्त्रालयले यसको संरक्षण दायित्व लिएको छ भने सिंहदरबारलाई सफा राख्ने काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको छ। 

सिंहदरबार पुनर्निर्माण आयोजनाले यहाँ भवन बनाउने काम गर्छ। तर आश्चर्य यी तीन निकायबीच समन्वय हुन नसक्दा पुनःनिर्माणले गति लिन सकेको छैन। सिंहदरबार भित्र जो कोही सर्वसाधारण जनता पस्न पाउँदैन। पावर र पास बिना सिंहदरबार छिर्ने कल्पनासमेत गर्न सकिँदैन। अधिकांश सर्वसाधारण जनताले सिंहदरबार कस्तो छ भन्नेकुरा पत्तै पाएका छैनन्।

प्रधानमन्त्री, मन्त्रीहरूको कार्यालय रहेको ठाउँ आम सर्वसाधारणको नजरमा सुविधा सम्पन्न र नमुना होला भन्ने लाग्छ नै। तर सोचजस्तो छैन सिंहदरबार। त्यहाँ भित्रका दृश्यहरू अव्यवस्थित छन्। सडकको नजिक खाल्डो, फोहोरको थुप्रो, पोखरीहरूमा पोहोर, कुकुरका हुल जताततै देख्न सकिन्छ। नयाँ, पुराना सवारीसाधन त्यत्तिकै बेवारिसे फालिएको छ, कार्यालय वरपर झाडीले ढाकेको छ तर सफा गर्न कोही अघि सर्दैनन्। 

मन नै कटक्क खाने नयाँ र पुराना बहुमूल्य सवारीसाधनहरू त्यत्तिकै मिल्काइएको छ। यो बहुमूल्य सम्पदा जोगाउने एजेण्डा कोहीसँग छैन। सडक सम्याउने, बढार्नेमा केन्द्रित सरोकारवालाहरू सिंहदरबारको मुटु जोगाउने एजेन्डामा बेखबर छन्। यसतर्फ कसैको ध्यान नजाने हो भने इतिहासको एउटा पाटो समाप्त हुनबाट कसैले रोक्नेछैन। आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका यी दृश्यहरू :

Shivam cement


 





प्रकाशित: Oct 22, 2022| 10:09 शनिबार, कात्तिक ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।