शनिबार, वैशाख २२, २०८१

विश्वकप उपाधि गुम्न नदिने लक्ष्यमा फ्रान्स

रसिया विश्वकप सन् २०१८ को साविक विजेता फ्रान्स फाइनलमा क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गर्दै विश्वविजेता बनेको थियो। कतार विश्वकपमा पनि आफ्नो अपराजित यात्रालाई पुनः कायम गर्ने रणनीतिमा फ्रान्स छ।
 |  सोमबार, कात्तिक ७, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

सोमबार, कात्तिक ७, २०७९

काठमाडौं– कतारमा नोभेम्बरदेखि सुरु हुने विश्वकपमा सबैको नजर फ्रान्सको टिममा हुनेछ। फ्रान्स रसिया विश्वकप सन् २०१८ को विजेता टिम हो। साविक विजेता फ्रान्सले सन् २०१८ मा सबै टिमलाई चुनौती दिँदै उपाधि जितेको थियो। युवा खेलाडीको प्रेरणादायी प्रदर्शनमा फ्रान्स प्रतियोगिताको फाइनलमा क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गर्दै विश्वविजेता बनेको थियो। फ्रान्सका मुख्य युवा फर्वार्ड केलियन एम्बापे फेरि पनि विश्व च्याम्पियन हुने सपना रहेको बताउँछन्।

triton college

मार्काका अनुसार उनी भन्छन्, ‘मलाई अघिल्लो संस्करणमा जस्तै यस पटक पनि इतिहास रच्ने मन छ। फेरि नयाँ इतिहास कोर्न चाहन्छु। हाम्रो टिम त्यसका लागि तयार छ। हाम्रो तर्फबाट उपाधि जित्ने धेरै मिहिनेत गर्नेछौं।’

कतार विश्वकपमा साविक विजेताको रूपमा फ्रान्स स्वतः उपाधि दाबेदारी टिम हो। उसको टिम मैदानमा उत्रिँदै गर्दा फ्रान्सलाई पुनः उपाधि कब्जा गर्न धेरै चुनौती छन्। तर सन् २०१८ पछि फ्रान्सको टिम पुरानै लयमा छैन। जारी युइएफए नेसनल लिग २०२२/२३ प्रतियोगितामा समूह १ मा रहेको फ्रान्स ६ खेलमा मात्रै ५ अंक जोडेर तालिकाको पुच्छारमा रहँदै प्रतियोगिताबाट बाहिरिइसकेको छ।

५ खेलमा १ मा मात्रै जित निकालेको फ्रान्सले १ बराबरीबाहेक सबै खेलमा पराजय बेहोरेको छ। अघिल्लो संस्करणको उपाधि जितेको फ्रान्स पछिल्लो वर्षदेखि खराब प्रदर्शन गरिरहेको छ। फिफाले सार्वजनिक गरेको फिफा वरियतामा फ्रान्स चौथो स्थानमा छ।

एउटा संयोग के भने सन् २०१० को विश्वकपदेखि अहिलेसम्म आइपुग्दा साविक विजेता टिमले समूह चरण पार गर्न सकेका छैनन्। सन् २००६ को विजेता इटालीले सन् २०१० को विश्वकपमा समूह चरणभन्दा माथि जान सकेन। त्यस्तै, सन् २०१० को विजेता स्पेन सन् २०१४ को प्रतियोगितामा र सन् २०१४ को विजेता जर्मनीले सन् २०१८ को विश्वकपको समूह चरण पार गर्न सकेनन्। यो संयोग सन् २०२२ मा होला/नहोला, त्यो हेर्न बाँकी नै छ। तर फ्रान्स यस्तो घटनाक्रमलाई यही रोकेर आफूलाई फेरि अघिल्लो संस्करणझैं बलियो रूपमा प्रतियोगितामा उत्रिने लक्ष्यमा छन्।

corrent noodles
Metro Mart

फ्रान्सका मुख्य प्रशिक्षक डिड्लेरले पनि आफ्नो टिम पूर्ण रूपमा विश्वकपका लागि तयार भइसकेको बताएका छन्। फ्रान्सेली मिडियासँग कुरा गर्दै उनले भने, ‘हामी अघिल्लो संस्करणझैं यस पटक पनि प्रतियोगिताका लागि पूर्ण रूपमा तयार छौं। हाम्रा खेलाडी फिट छन्। उनीहरू फिट भएका कारण हामी फेरि पनि विश्व विजेता बनेर देखाउनेछौं। हाम्रो टिम कतार जान पुर्णरुपमा तयार छ।’

बेन्जेमाको पुनरागमन
सन् २०२२ का वालोन डी ओर विजेता करिम बेन्जेमा पछिल्लो समय उच्च लयमा छन्। सन् २०४ को विश्वकपपछि राष्ट्रिय टिममा नदेखिएका उनले ८ वर्षपछि विश्वकप खेल्दैछन्। सन् २०१८ मा पनि टिमबाहिर रहेका बेन्जेमा सन् २०२१ बाट टिममा फर्किएका हुन्। उनको पुनरागमनले फ्रान्सको टिम थप बलियो देखिएको छ।

वालोन डी ओर अवार्डका लागि पेरिसमा आयोजित कार्यक्रममा बोल्दै उनले अबको लक्ष्य फ्रान्सका लागि विश्वकप जिताउने रहेको बताएका छन्। ‘मैले यस्तो ठूलो व्यक्तिगत अवार्ड जितेको छु, जुन मेरो बालापनको सपना थियो। विविध कारणले विगतमा राष्ट्रिय टिममा नपरे पनि  अहिले म फर्किइसकेको छु। अबको अर्को लक्ष्य भनेको फ्रान्सका लागि विश्वकप जित्नु हो। हामी एकरूपताका साथ विश्वकप जित्ने लक्ष्यमा छौं।’

कान्टे चोटग्रस्त
फ्रान्सका मुख्य मिडफिल्डर एंगोलो कान्टे प्रिमियर लिगमा टोटेनहमविरुद्धको खेलमा घाइते भएका थिए। त्यसपछि मैदान छाडेका उनको खुट्टाको एंगलमा चोट लागेको थियो। मेडिकल टिमले कान्टेलाई निको भएर मैदान फर्कन आधा सिजन लाग्ने बताएपछि उनले विश्वकप गुमाउने लगभग पक्का भयो। टिमका महत्त्वपूर्ण सदस्यले प्रतियोगिता गुमाउने भएपछि फ्रान्सेली टिमलाई ठूलो धक्का लागेको छ।

फ्रान्सको इतिहास
फ्रान्सले अहिलेसम्म दुई पटक विश्वकप उपाधि जितेको छ भने सन् १९९८ मा विश्वकपको फाइनलमा बलियो प्रतिद्वन्द्वी ब्राजिललाई ३–० गोलअन्तरले पराजित गर्दै पहिलो उपाधि जितेको थियो। जिनेदिने जिदानको नेतृत्वमा रहेको फ्रान्स सन् २००६ मा पनि विश्वकपको फाइनल पुग्यो। आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्ने क्रममा जिदानले खेल दौरान इटालिका खेलाडीविरुद्ध टाउकाले हानेर फउल गरेपछि रातो कार्ड पाउँदै  मैदान छाड्न बाध्य भए। त्यसपछि कमजोर बनेको फ्रान्सले इटालीलाई खेलको अतिरिक्त समयसम्म १–१ गोलको बराबरीमा रोकेर पेनाल्टीमा पु¥यायो। तर पेनाल्टी प्रहारमा भने फ्रान्स ५–३ गोलअन्तरले पराजित भयो।

बाजी मारेको इटालीले फ्रान्सको विश्विजेता बन्ने सपनामा पूर्णविराम लगाइदियो। त्यसपछि नयाँ पुस्ताका खेलाडीको आगमनसँगै संघर्ष गर्दै गरेको फ्रान्सलाई फेरि विश्वविजेता बन्न पाँच संस्करण पर्खनुप¥यो। सन् २०१८ को विश्वकपमा युवा खेलाडी प्रेरित फ्रान्सले फाइनलमा क्रोएसियाविरुद्ध ४–२ को प्रभावशाली जित निकाल्दै उपाधि जित्यो। त्यस्तै, फ्रान्स सन् १९५८ र १९८६ मा तेस्रो र सन् १९८२ मा चौथो स्थानमा रहेको थियो।

प्रतियोगितामा समूह ‘डी’मा रहेको फ्रान्ससँगै अस्ट्रेलिया, डेनमार्क र ट्युनिसिया रहेका छन्। सन् २०१८ को विश्वकपमा पनि फ्रान्स, अस्ट्रेलिया र डेनमार्क एउटै समूहमा थिए।  फ्रान्सले समूह विजेताका रूपमा १६औंमा स्थान सुरक्षित गरेको थियो।

पुरानै लयमा रहेको अवस्थामा फ्रान्सलाई समूह चरण पार गर्न धेरै समस्या देखिँदैन तर कुन टिमले कस्तो प्रदर्शन गर्छ, त्यो हेर्न बाँकी नै छ।

फ्रान्सेली टिम
मुख्य प्रशिक्षकः डिड्लेर डेस्क्याम्स
गोलकिपरः हुगो लोरिस, अलफोन आरियोला, अल्बान लाफोन्ट, बेनोइट कोस्टिल
डिफेन्डरः राफेल भारान, प्रेस्नेल किम्बेम्पे, जुलेस कोउन्डे, थियो हर्नानडेज, फेर्लान्ड मेन्डी, बेन्जामिन पाभार्ड, क्लेम्नेट लेङलेन्ट,
मिडफिल्डरः पउल पोग्बा, अरुलियल टुचामेनी, इडुआर्डो कामाभिंगा, एड्रिन राबोइट, थोमस लेइमार
अट्याकिङः करिम बेन्जेमा, केलियन एम्बापे, उन्टुवान ग्रिजम्यान, ओलिभर जिरुड, किङस्ले कोमान, उस्मान डेम्बेले, एन्टोनी मार्सियाल।

प्रकाशित: Oct 24, 2022| 10:45 सोमबार, कात्तिक ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।