काठमाडौं- प्रधानसेनापतिमा नियुक्त भएका प्रधानसेनापति पूर्णचन्द्र थापालाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार महारथीको दज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।
नेपाली सेनाका परमाधिपति रहेका राष्ट्रपतिले फुली लगाइदिएपछि थापाले औपचारिक रुपमा सेनाको कमान्ड समाल्ने छन् । राष्ट्रपति भवन शितलनिवासमा आइतबार बिहान आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले थापालाई दज्र्यानी चिन्ह प्रदान कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
निवर्तमान प्रधानसेनापति राजेन्द्र क्षेत्रीको नियमित पदावधि भदौं २४ आइतार समाप्त भएकोले थापाले आइतबारदेखि नै औपचारिक रुपमा प्रधानसेनापतिको जिम्मेवारी समाल्न लागेका हुन् । एक महिनाअघि विदा बस्ने परम्पराअनुसार नै थापाले गत साउन २४ गतेदेखि नै कायममुकायम सेनापतिका रुपमा सेनाको कमान्ड समाल्दै आएका छन् ।
थापालाई यसअघि नै सरकारले प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरिसकेको छ । स्वभाविक रोलक्रमअनुसार नै थापा सेनापतिमा नियुक्त भएका हुन् । उनको पदावधि तीन वर्षको हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४