शनिबार, मंसिर २३, २०८०

ओलीविरुद्ध खनिए गठबन्धनका शीर्ष नेता, भय आफ्नै कार्यकर्ताको

ओलीलाई संविधानविरोधी, गणतन्त्रविरोधी र राजावादी चित्रित गर्नुबाहेक उनीहरूले नागरिकको जनजीविका सुधार गर्ने कुनै एजेन्डा भने प्रस्तुत गर्न सकेनन्।
 |  शुक्रबार, कात्तिक ४, २०७९
averest bankaverest bank

विनोद परियार

विनोद परियार

शुक्रबार, कात्तिक ४, २०७९

बुटवल- शुक्रबार बुटवलको कार्यक्रममा पुगेका पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खनिएनन् मात्र, आफ्नै कार्यकर्ताबाट भएको भय पनि छताछुल्ल पारे। गठबन्धनका उम्मेदवारलाई कार्यकर्ताले मत दिन अस्वीकार गर्ने आकलन गरेका शीर्ष नेताहरूले ओलीलाई प्रतिगमनकारी देखाउँदै नदिन कार्यकर्तालाई निर्देशन दिए। ओलीलाई संविधानविरोधी, गणतन्त्रविरोधी र राजावादी चित्रित गर्नुबाहेक उनीहरूले नागरिकको जनजीविका सुधार गर्ने कुनै एजेन्डा भने प्रस्तुत गर्न सकेनन्। 

sagarmatha cement

नेपाली कांग्रेसका सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले कार्यकर्तालाई एकले अर्को पार्टीका उम्मेदवार जिताउने गरी लाग्न निर्देशन दिएका हुन्।

पाँचदलीय गठबन्धनले शुक्रबार बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै नेताहरूले एउटै मञ्चबाट संविधान, लोकतन्त्र, संघीयता र समावेशिता बचाउन गठबन्धन उम्मेदवारलाई भोट हाल्न अपिल गरेका हुन्।

प्रशक्षिणलाई सम्बोधन गर्दै देउवाले गठबन्धनलाई धोका नदिन कार्यकर्तालाई आग्रह गरे। ‘संविधान, लोकतन्त्र, संघीयता र समावेशिता बचाउनका लागि यो गठबन्धन गरिएको हो,’ देउवाले भने, ‘शंका/उपशंका कसैले नगर्नू, धोका भए हामीलाई नै नोक्सान हुनेछ।’

कार्यकर्तालाई इमान्दारिताका साथ माओवादी, नेकपा एकीकृत समाजवादी, जनमोर्चा र लोसपाका उम्मेदवारलाई भोट हाल्न उनले अपिल गरे। ‘सिस्टम बचाउन यो गठबन्धन बनेको हो, अहिले हाम्राविरुद्ध राजावादीको गठबन्धन बनेको छ,’ प्रधानमन्त्रीसमेत रहेका देउवाले भने, ‘राजावादीसँगको गठबन्धन राष्ट्रवादी रे! अहिलेको व्यवस्था ल्याउन हामी लडेका हौं, समाजवादी पनि हामी हौं, लालसलाम पनि हामी हौं, जय नेपाल पनी हामी हौं।’ देउवाले यो गठबन्धन अझै १०/२० वर्षसम्म नै लैजाने बताए।

Metro Mart
worldlink
पाँचदलीय गठबन्धनले शुक्रबार बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै नेताहरूले एउटै मञ्चबाट संविधान, लोकतन्त्र, संघीयता र समावेशिता बचाउन गठबन्धन उम्मेदवारलाई भोट हाल्न अपिल गरेका हुन्।

देउवासँगै पोखराबाट हेलिकप्टर चढेर प्रशिक्षणमा आएका ‘प्रचण्ड’ले दुई विचार र दुई प्रवृत्तिको लडाईँ गठबन्धनसँग रहेकाले कार्यकर्तालाई कुनै हालतमा धोका नदिन अपिल गरे। उनले विस्तृत शान्ति सम्झौता गरेको दिनबाटै कांग्रेससँग सहकार्य सुरुवात भएको बताए। 

‘विस्तृत शान्ति सम्झौता जुन दिन भयो, त्यो दिनबाटै मैलै रुखमा भोट हालेको हुँ, त्यही दिन कांग्रेसका तत्कालीन सभापति स्व. गिरिजाप्रसाद कोइरालाले हँसियाहथौडामा भोट हाल्न थालेका हुन्,’ उनले कार्यकर्तालाई फकाउँदै भने, ‘त्यसैले कसैले पनि धोका नदिनुहोला।’ एमाले अध्यक्ष ओलीलाई बहुमतको सरकार बनाउन दिँदा उल्टै प्राप्त उपलब्धि मास्ने काम गरेको आरोप लगाए। मंसिर ४ मा ओलीका कर्तुत सम्झन कार्यकर्तालाई आग्रह गरे।

प्रकाशित: Oct 21, 2022| 19:39 शुक्रबार, कात्तिक ४, २०७९
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्