आइतबार, साउन १७, २०८३

मंसिर ४ पछि एमाले नेतृत्वमा सरकार बन्छ : ओली

'सबै सच्याउने गरी जनताको महाअदालत ४ गते बस्दैछ। त्यसले महाफैसला गर्नेछ। त्यो महाफैसला सही हुनु पर्दछ। सही फैसला गर्न, गराउन साथीहरु लाग्नुस्। म त्यही आग्रह गर्न चाहन्छु।’
 |  शुक्रबार, कात्तिक ४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ४, २०७९

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ पछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने दावी गरेका छन्। अदालतले आफू नेतृत्वको सरकार हटाएको आरोप लगाउँदै अध्यक्ष ओलीले मंसिर ४ गते जनताको ‘महाअदालत’ले आफ्नो पार्टी नेतृत्वमा सरकार बनाउने जिकिर गरेका हुन्। 

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालद्वारा शुक्रबार काठमाडौंमा आयोजित आदिवासी जनजातिसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले महाअदालतको फैसला आफ्नो पार्टीको पक्षमा हुने गरी परिचालित हुन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। वर्तमान सरकार काम गर्न नभई अर्कै प्रयोजनका लागि बनेको आरोप लगाउँदै उनले त्यसबाट जनताले विकास, निर्माणको आशा गर्नु बेकार हुने पनि बताए। 

‘म साथीहरुलाई आग्रह गर्न चाहन्छु–यो सरकार काम गर्न जन्मेकै होइन। यसलाई काम गर्ने फुर्सद नै छैन। त्यसकारण यो बेग्लै उद्देश्यका साथ बनेको सरकार हो। अब मंसिर ४ पछि जनकपुरको रेलभन्दा छिटो विकासको गति अगाडि बढ्छ। हाइवेको गाडीभन्दा छिटो विकासका गति अगाडि बढ्छ। अदालत सदालत धेरै बसे। सरकार हटाए। त्यो सबै सच्याउने गरी जनताको महाअदालत ४ गते बस्दैछ। त्यसले महाफैसला गर्नेछ। त्यो महाफैसला सही हुनु पर्दछ। सही फैसला गर्न, गराउन साथीहरु लाग्नुस्। म त्यही आग्रह गर्न चाहन्छु।’

अध्यक्ष ओलीले निर्वाचनको बेला जनतालाई अल्मल्याउने काम सत्तारुढ दलहरुले गरिरहेको आरोप समेत लगाए। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै उनले आफूहरुले निर्वाचन आचारसंहिता विपरित फ्री भिसा र फ्री टिकटको कुरा नगरेको दाबी गरे। 

अध्यक्ष ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले अरु पार्टीले २० वर्षमा गर्न नसकेको काम ३ वर्षमै गरेर देखाएको दाबी गरेका थिए। सबै जाति, भाषा र संस्कृतिको विकासका लागि एमालेले काम गर्ने गरेको उनको भनाइ थियो।

प्रकाशित: Oct 21, 2022| 18:52 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...