आइतबार, साउन १७, २०८३

विश्वप्रकाश शर्मालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

शर्माले आगलागी पीडित केवल निरौलाको घरनिर्माण गर्न अमेरिकाबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको २ लाख ५० हजार रुपैयाँ निरौला परिवारलाई हस्तान्तरण गरेको फोटो सार्वजनिक भएको थियो।
 |  शुक्रबार, कात्तिक ४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ४, २०७९

काठमाडौं- निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका झापा-१ का कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्मालाई स्पष्टीकरण सोधेको छ। झापाका आगलागी पीडितलाई पैसा वितरण गरेको उजुरी परेकाले स्पष्टीकरण सोधेको आयोगले जानकारी दिएको छ। 

शर्माले आगलागी पीडित केवल निरौलाको घरनिर्माण गर्न अमेरिकाबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको २ लाख ५० हजार रुपैयाँ निरौला परिवारलाई हस्तान्तरण गरेको फोटो सार्वजनिक भएको थियो। 

निर्वाचन आचारसंहीता २०७९ को परिच्छेद २ को दफा ४ (न) मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्नेगरी कुनै कार्य गर्न नहुने उल्लेख छ। आयोगले रकम हस्तान्तरणबारे जिज्ञासा राख्दै किन कारबाही नगर्ने भन्दै शर्मालाई स्पष्टीकरण सोधेको छ। 

आजसम्मको तथ्यांकअनुसार आयोगले विभिन्न राजनीतिक दलका उम्मेदवार, संघसंस्था, कार्यालयसमेत गरी ४८ वटा स्पष्टीकरण सोधेका छ। त्यसमध्ये ३० वटाको जवाफ प्राप्त भएको छ।

प्रकाशित: Oct 21, 2022| 18:36 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...