सोमबार, असार १, २०८३

बुटवल पुगेर देउवाले भने- 'लालसलाम' पनि हामी, 'जय नेपाल' पनि हामी

'लालसलाम पनि हामी हौं, जय नेपाल पनि हामी हौं। अभिवादन पनि हामी हौं। हामी नै राष्ट्रवादी हौं,' देउवाले भने।
 |  शुक्रबार, कात्तिक ४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ४, २०७९
National life
Shivam cement

बुटवल- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र खतरामा परेपछि कम्युनिस्टलाई साथमा लिएर देश बचाउन गठबन्धन गर्नुपरेको बताएका छन्। शुक्रबार बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय पाँचदलीय गठबन्धनको संयुक्त प्रशिक्षण कार्यक्रममा देउवाले कांग्रेस र कम्युनिस्ट एक हुनुपरेको उल्लेख गरेका थिए। 

राजतन्त्र फालेर लोकतन्त्र ल्याएको स्मरण गर्दै देउवाले गठबन्धन सच्चा राष्ट्रवादी, लोकतन्त्रवादी र समाजवादी भएको दाबी गरे। 'लालसलाम पनि हामी हौं, जय नेपाल पनि हामी हौं। अभिवादन पनि हामी हौं। हामी नै राष्ट्रवादी हौं,' देउवाले जनताको घरघरमा पुगेर गठबन्धनको पक्षमा जनमत सिर्जना गर्न पनि कार्यकर्तालाई निर्देशन दिँदै भने।

अझै केही वर्षसम्म नेपालमा समावेशिता, संविधान र गणतन्त्र बचाउन गठबन्धन आवश्यक भएको उनको भनाइ थियो। देउवाले भने, 'गठबन्धनको खिलाफमा एउटा तागत लागिरहेको छ, भन्न थालिसके राजावादी तागत नै राष्ट्रवादी हो रे। यसलाई गलत साबित गर्नुपर्ने छ।'

प्रकाशित: Oct 21, 2022| 18:25 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...