आइतबार, साउन १७, २०८३

ओलीसँग बात मार्न २ लाख ९ हजार इच्छुक, ४ घण्टा गरे कुराकानी

ओलीले फेसबुकमा पोस्ट गर्दै सबैसँग कुराकानी गर्न सम्भव नभएको उल्लेख गरेका छन्। तर नागरिकसँग कुराकानी गर्न पाउँदा आफू उत्साहित भएको उनको प्रतिक्रिया छ।
 |  शुक्रबार, कात्तिक ४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ४, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गर्न २ लाख ९ हजार ११६ जनाले नाम टिपाएका छन्। उनीहरुमध्ये गोलाप्रथाबाट छानिएका केही व्यक्तिसँग ओलीले शुक्रबार कुराकानी गरेका हुन्। 

ओलीले फेसबुकमा पोस्ट गर्दै सबैसँग कुराकानी गर्न सम्भव नभएको उल्लेख गरेका छन्। तर नागरिकसँग कुराकानी गर्न पाउँदा आफू उत्साहित भएको उनको प्रतिक्रिया छ। 

''कल केपी बा' कार्यक्रममा मैले करिब चार घन्टा टेलिफोन संवाद गरें। तपाईहरुसँग भएका कुराकानीले म उत्साहित छु। दुई लाख ९ हजार एक सय १६ जनाले नाम टिपाउनु भएकोले मैले सबैसँग कुरा गर्न पाइनँ। म क्रमैसँग कुरा गर्दै जानेछु,' ओलीले फेसबुकमा लेखेका छन्। 

प्रकाशित: Oct 21, 2022| 15:44 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...