सोमबार, असार १, २०८३

आगामी चुनावमा गठबन्धनलाई भोट नहाले पाप लाग्छ : प्रचण्ड

गठबन्धन गर्दा सबै दलका चुनाव चिह्न स्वीकारेकाले त्यसो नगर्न र आफ्नो पार्टीलाई मात्र भोट हाल्छु नभन्न नेता, कार्यकर्तालाई प्रचण्डको आग्रह।
 |  शुक्रबार, कात्तिक ४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ४, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी ४ मंसिरमा हुने चुनावमा सत्ता गठबन्धनमा अटाएकाले आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्ने अडान राख्न नहुने बताएका छन्।

National life

शुक्रबार सत्ता गठबन्धनले पोखरामा गरेको प्रदेश स्तरीय भेलामा प्रचण्डले कतिपयलाई गठबन्धनको अर्को दलको निर्वाचन चिह्न स्वीकार्न गाह्रो परेको देखिएको बताएका हुन्।

‘हँसिया हथौडालाई रुखमा, रुखलाई हँसिया हथौडामा र कलमलाई मत हाल्न गाह्रो भएको महसुस गरेको सुन्ने गरेका छौं। गठबन्धन गर्दा सबै चुनाव चिह्न स्वीकारेकाले त्यसो गर्नुहुँदैन। आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्नु आत्मघाती हुनेछ,’ उनले भने।

संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन गरिएकाले यसको लाभ आफूहरुले पनि पाएको उनको जिकिर छ। प्रचण्डले भने, ‘स्थानीय तह निर्वाचनमा सबभन्दा बढी कांग्रेसले लाभ लिएको छ भने अरूले पनि लिए। गठबन्धनलाई भोट हाल्दिनँ भन्दा पाप पलाउन सक्छ, धुरीबाट कराउन सक्छ।’

प्रकाशित: Oct 21, 2022| 15:20 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...