शुक्रबार, साउन १, २०८३

सर्प खाने सर्प देखेर गाँउले त्रसित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
पर्वत- अनौठो सर्प गाउँमा पसेपछि पर्वतको एक गाउँका स्थानीयवासी त्रसित बनेका छन् । 

पर्वत जिल्लाको कुश्मा नगरपालिका-१० पिपलटारीस्थित सिमखेतमा यस क्षेत्रमा हालसम्म नदेखिएको सर्प अर्को सर्पलाई खाँदै गरेको अवस्थामा देखिएको हो । 

साना र सामान्य खालका सर्पमात्र देखिने गरेको पर्वतमा ठूलो प्रजातिको सर्प गाउँमा पसेर पशुचौपायालाई समेत आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका हुन् । सर्पले दुईवटा भैँसी र एक गोरुलाई समेत घाइते बनाएको थियो । 

झण्डै साढे चार मिटर लम्बाइ रहेको कालो रङ्गको सर्प शनिबार दिउँसो देखिएको थियो । स्थानीय युवा राजेश सुवेदीका अनुसार ठूलो सर्पले अर्को सर्पलाई झण्डै चार घण्टा लगाएर खाएको थियो । त्यसलगत्तै झाडीमा पसेको सर्प फेरि देखिएको छैन । 

गाउँमा अहिलेसम्म यत्रो ठूलो सर्प नदेखिएको र त्यसले अर्को सर्पलाई पनि खाएका कारण स्थानीय उक्त सर्पले बालबालिका र चौपायालाई पनि आक्रमण गर्छ की भन्ने डरले पिरोलिएका छन् । 

उनीहरुले उक्त सर्पको खोजी गरी नियन्त्रण गरिदिन जिल्ला वन कार्यालयलगायत प्रहरी प्रशासनसँग माग गरेका छन् । विषालु सर्प गाउँमा भित्रिएपछि जुनसुकै बेला पनि मानिस र पशु चौपायालाई आक्रमण गर्नसक्ने खतरा बढेको भन्दै नियन्त्रणका लागि माग गरिएको स्थानीय रामचन्द्र सुवेदीले बताए ।  

स्थानीयले अजिङ्गर हो कि भन्ने अनुमानसमेत गरेका छन् । यसअघि यस्तै प्रजातिको सर्प पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा पनि भेटिएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।