शनिबार, असार ६, २०८३

तिहारको मुखमा धान थन्क्याउने चटारो [तस्बिरहरु]

भक्तपुरको कुल उत्पादन योग्य जमिनमध्ये चार हजार ६ सय ४८ हेक्टरमा धान रोपाइँ हुने गरेको छ।
 |  बिहीबार, कात्तिक ३, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, कात्तिक ३, २०७९

भक्तपुर- तिहार नजिकिएसँगै भक्तपुरका किसानलाई धान काट्ने चटारो बढेको छ। अहिले धान काट्ने चटारोले भक्तपुरका किसानलाई तिहार मनाउन भ्याइनभ्याइ हुने देखिएको छ। बिहानैदेखि उनीहरू समूहसमूहमा मिलेर धान काटिरहेका छन्। 

National life

भक्तपुरको कुल उत्पादन योग्य जमिनमध्ये चार हजार ६ सय ४८ हेक्टरमा धान रोपाइँ हुने गरेको छ। भक्तपुरमा प्रतिहेक्टर ६ दशमलव २ टन धान उत्पादन हुने गरेको छ। समयमै पानी पर्ने हो र मौसमले साथ दिए धानको उत्पादन बढ्ने किसान बताउँछन्। 

भक्तपुरका चार नगरपालिकामध्ये पुरानो भक्तपुर र मध्यपुर थिमि नगरपालिका मानव बस्तीले भरिएकाले त्यहाँ खेतीयोग्य जमिन खासै छैन। सूर्यविनायक र चाँगुनारायण नगरपालिका क्षेत्रमा भने धेरै खेतीयोग्य जमिन छन्। चितपोल, नंखेल, सिपाडोल, गुण्डु, कटुञ्जे, सिरुटार, ताथली, सुडाल, बागीश्वरी, नगरकोट, दुवाकोटलगायतका ठाउँमा बढी धान खेती हुने गरेको छ। 



Shivam cement






प्रकाशित: Oct 20, 2022| 14:39 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।