सुर्खेत- सुर्खेतमा शनिबार साँझ थुनुवालाई चुरोट पुर्याउन गएका एक व्यक्ति प्रक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनामा रहेका बन्दीलाई भेट्न भनी गएका लालबहादुर बुढा पक्राउ परेका हुन्। छाउछाउ भित्र चुरोट राखेर बन्दीलाई दिँदै गर्दा बुढालाई प्रहरीले पक्राउ गरेको हो।
वीरेन्द्रनगर-३ एरी चोकका बुढाले लागू औषध मुद्दाका प्रतिवादी मिलन राना मगरलाई भेट्न भनी बन्दी कोठामा प्रवेश गरेका थिए । उनको साथबाट प्रिती चाउचाउ भित्र चुरोट बरामत गरिएको डिएसपी एवम् प्रहरी प्रवक्ता श्यामसिंह चौधरीले बताए।
थुनुवालाई दिन ल्याएका प्रिती चाउचाउको पोकामा फोडेर हेर्दा १६ खिल्ली चुरोट बरामद भएको उनले जानकारी दिए । बुढालाई अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४