सुर्खेत- कर्णाली प्रदेशमा बार्षिक ६० हजारभन्दा बढी आँखाको बिरामी देखिने गरेका छन्। नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको तथ्याकं अनुसार वार्षिक ६० हजार आँखाका बिरामी उपचारका लागि आउने गरेका छन्।
आर्थिक वर्ष २०७४-०७५ मात्रै ६० हजार बढी आँखाका बिरामी उपचारका लागि आएका छन्। प्रदेशको एक मात्र आँखा अस्पतालले बितेको एक वर्षमा ६० हजार २ सय ८३ जनाको आँखाको उपचार गरेको छ।
जसमध्ये ३७ हजार ८ सय १५ जना अस्पतालमै आएर उपचार गरेका हुन् भने २२ हजार ४ सय ६८ जनाले समुदायमा सञ्चालन गरिएको विशिरबाट उपचारको सेवा लिएका हुन्। ६० हजार बिरामी मध्ये १ हजार ५ सय ९६ जनाले मोतिविन्दुको अप्रेशन गराएका छन्। १ हजार १ सय २५ जनाले अस्पतालमै र ४ सय ७१ जनाले समुदायमा सञ्चालित शिविरबाट मोति विन्दुको अपरेशन गराएका हुन्।
प्रदेशमा यति धेरै आँखाका बिरामी हुँदा समेत जनशक्तिको निकै अभाव रहेको छ। प्राप्त जनशक्ति नहुँदा ठूला अप्रेशनहरु नेपालगञ्ज र काठमाडौंका लागि रिफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालका प्रशासकीय प्रमुख धनबहादुर थापाले जानकारी दिए। ‘अत्याधुनिक फ्यागो मेसिनबाटा अप्रेशन सुरु गरेपछि विरामीलाई केही राहत भएको छ ।’ थापाले भने ‘आवश्यक मात्रामा जनशक्ति छैन, जसले गर्दा जटिकल केशहरु काठमाडौं र नेपालगञ्ज रिफर गर्ने गरेका छौँ।’
यता अस्पतालका संयोजक लिलाराम सुवेदी भने ‘आर्थिक अभावकै कारण जनशक्ति थप गर्न नसकीएको बताए। ‘विरामीको चाप दिनप्रतिदिन बढ्दै छ’ सुवेदीले भने, ‘आर्थिक अभावकै कारण डाक्टरको संख्या थप गर्न सकेका छैनौं।’ आँखा अस्पताल सम्बन्धी राष्ट्रिय नीतिको अभावकै कारण राज्यले अस्पताललाई सहयोग नगर्दा दुई जना नेत्ररोग विशेषज्ञ डाक्टरले वार्षिक ६० हजारको उपचार गर्नुपर्ने बाध्यता रहेको सुवेदीले गुनासो गरे। ‘एक दिन एउटा कर्मचारी विदा बस्यो भने कामै ठप्प हुने अवस्था छ।’ उनले थपे ‘विरामीको चापलाई हेर्दा २४ सै घण्टा सेवा दिनुपर्ने अवस्था छ।’
नेपाल रेडक्रस सोसाइटी र स्वीस सरकारको सहयोगमा सञ्चालित अस्पतालमा डाक्टरहरुलेनै हैरानी बेहोरेर सेवा दिइ रहेको सुवेदीको भनाई छ । आवश्यक मात्रामा न औचार छ, न डाक्टर सुवेदीले भने ‘दुई जना डाक्टरले हैरानी व्यहोर्दै सेवा दिइरहेका छन्।’ सरकारको सहयोग पाए अस्पताललाई प्रदेशको टिचिङ आँखा अस्पतालको रुपमा विकास गर्न सकिने उनको बुझाई छ।
अस्पतालाई प्रदेश सरकारको ललिपप
कर्मचारीको अभावले विरामीको चाप थेग्न हम्मेहम्मे परेका बेला प्रदेश सरकारले भने आँखा अस्पताललाई 'ललिपप' देखाएको छ। अस्पतालले आर्थिक अभावकै कारण कर्मचारी थप गर्न समस्या भएको बताइरहेका बेला कर्णाली प्रदेश सरकारले भने न्यून बजेट दिने बताएको छ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले वार्षिक अस्पतालको सेवा विस्तारका लागि १५ लाख रुपैयाँ स्वकृत गरेको छ। तर त्यो बजेट आफ्नो लागि ललिपप जस्तै भएको अस्पतालले जनाएको छ।
विभिन्न जिल्लामा विशिर सञ्चालका लागि ५० लाख रुपैयाँ दिन सक्ने सरकारले अस्पताललाई १५ लाख छुट्याएर ललिपप खुवाउन खोजेको अस्पताल बताउँछन्। सरकारको बार्षिक कार्यक्रममा प्रत्येक जिल्लामा आँखा शिविर सञ्चालनका लागि ५० लाख रुपैयाँ स्वीकृत गरेको छ।
तस्विरः वीरेन्द्रनगरस्थित नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पताल।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४