शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली वंशको भेलामा प्रधानमन्त्रीले भने, 'नेपालीलाई गरीबी सुहाउँदैन'

ओली वंशको भेलामा प्रधानमन्त्रीले भने, 'नेपालीलाई गरीबी सुहाउँदैन'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीलाई गरीबीमा बाँच्न नसुहाउने बताएका छन्। 

बालुवाटारमा आयोजित ओली वंश अक्षय कोषको बार्षिक साधारणसभा तथा अभिनन्दन तथा पुरस्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आगामी पाँच वर्ष भित्र नेपालबाट गरिबी हटाइने दाबी गरे। उनले भने, 'नेपालीलाई गरीबीमा बाँच्नै सुहाउँदैन।'

विगतका शासकको कमजोरीका कारण नेपालीले यस्तो नियति भोग्नुपरेको विचार व्यक्त गरे। 'स्रोत साधनले भरिपूर्ण रहेर पनि नेपाली गरीब हुन सुहाउने कुरा होइन' प्रधानमन्त्री ओलीले भने, 'अब पाँचवर्ष भित्रमा कोही पनि नेपालीले गरीब हुनुपर्दैन।'

 प्रधानमन्त्री ओलीले सरकारले सुशासन र विकासको बाटोबाट सुखी र समृद्धि नेपाल निर्माण गर्ने बताए। सरकार भ्रष्टाचार न्यूनिकरणमा प्रतिवद्ध भएको प्रधानमन्त्री ओलीको भनाइ छ। 

'कतिपय मानिस देश बनेन भनेर होइन देश बन्ला भनेर पिरोलिएका छन्' प्रधानमन्त्री ओलीले भने, 'तर अब कोही पिरोलिएर देश नबन्ने होइन। बहुतै दृढताका साथ देशमा परिवर्तन ल्याउने काम हुन्छ ।' 

सरकार भ्रष्टाचार न्यूनीकरणमा प्रतिबद्ध भएको प्रधानमन्त्री ओलीको भनाइ छ। 'अब पुरानो युगको अन्त्य भयो' प्रधानमन्त्री ओलीले भने, 'नयाँ योजना र सोचाइका साथ देश निर्माणमा लाग्नुपर्दछ।'

 यो सरकार सुविधा उपभोग गर्न वा आफू बन्नका लागि गठन भएको नभइ देश निर्माणका लागि गठन भएकोले यो आफ्नो लक्ष्यमा अविचलित रहने प्रधानमन्त्री ओलीले स्पष्ट पारे।
 
कार्यक्रममा ओली वंशका तर्फबाट प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका पिता मोहनप्रसाद ओलीलाई अभिनन्दन गरिएको थियो। 

पछिल्लो समय प्रधानमन्त्री कार्यालयलार्इ नेपाल कम्युनिस्ट पार्टीको कार्यालयजस्तै बनाएको र पार्टीको बैठकमा हुने खर्च सरकारी ढुकुटीबाट खर्च भइरहेको भन्दै चौतर्फी आलोचना भइरहेकोबेला फेरि सरकारी खर्चमै ओली वंशको भेला पनि प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको हो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।