बिहीबार, भदौ ४, २०८३

कृषि सचिवमा गोविन्दप्रसाद शर्मा

सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषितर्फको सचिवमा गोविन्दप्रसाद शर्मालाई नियुक्त गरेको छ।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

काठमाडौं– सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालय  कृषितर्फको सचिवमा गोविन्दप्रसाद शर्मालाई  नियुक्त गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले शर्मालाई कृषि  सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवम्  कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शर्मालाई कृषि सचिवमा पदस्थापना गरिएको जानकारी दिए।

‘नेपाल कृषि तथा वन सेवा तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढुवा  समितिको २०७८ साउन २४को सिफारिस अनुसार राजपत्रांकित प्रथम श्रेणीका सहचिव गोविन्दप्रसाद शर्मालाई बढुवा गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव कृषि पदमा पदस्थापना गरिएको छ’ कार्कीले भने। शर्मा यसअघि कृषि विभागका महानिर्देशक थिए। कृषि सचिवमा रहेका डा. योगेन्द्रकुमार कार्कीले सेवा अवधि पूरा गरेर अवकाश पाएका थिए।


प्रकाशित: Aug 09, 2021| 17:53 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।